काठमाडौँः साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ४.९० अंकले बढेर २ हजार ६३९.९१ विन्दुमा बन्द भएको हो।
आज १ करोड ३६ लाख २४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब ९९ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ८ कम्पनीको शेयरमूल्य स्थिर छ ।
त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार राधी विद्युत कम्पनीको भएको छ ।


