२०८३ कार्तिक १४ गते शुक्रबार

पाँचतारे रिसोर्ट रोयल टुलिपले साढे १५ करोडको आईपीओ ल्याउने, साधारण सभाले गर्‍यो स्वीकृत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १
KTM AGM Photo

काठमाडौँ: चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट रोयल टुलिप सञ्चालन गरिरहेको केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड ५० लाख रुपैयाँकोप्राथमिक सेयर (आईपीओ) ल्याउने भएको छ। बुधबार सम्पन्न कम्पनीको दोस्रो साधारण सभाले पुँजी संरचना परिवर्तनसहित आईपीओको महत्वपूर्ण प्रस्ताव पारित गरेको छ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले आईपीओ निष्काशनको प्रस्तावलाई स्वीकृत गरेको हो। पारित प्रस्तावअनुसार कम्पनीको नयाँ पुँजी संरचना पनि तयार पारिएको छ। अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ७७ करोड ५० लाख र चुक्ता पुँजी ६२ करोड रुपैयाँ रहने छ। कम्पनीले १५ करोड ५० लाख रुपैयाँको आईपीओ सर्वसाधारणका लागि जारी गर्ने भएको हो। यो भनेको कम्पनीको कुल चुक्ताको पुँजी २० प्रतिशत हो।

हाल केटीएम हस्पिटालिटीले चितवनको सौराहामा ६५ कोठा क्षमताको पाँच तारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवन सञ्चालन गरिरहेको छ। पर्यटकीय गन्तव्यका रूपमा चर्चित सौराहामा सञ्चालित यो लक्जरी रिसोर्टले होटल व्यवसायमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ।

साधारण सभामा केटीएम ग्रुपको ब्राण्ड एम्बेसेडर वरिष्ठ कलाकार सन्तोष पन्तको विशेष उपस्थिति रहेको थियो। यस्तै, कम्पनीले सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ। संस्थाका अध्यक्ष रामेश्वर शाहले नेपालको आथित्यता उद्योगले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको बताए। हस्पिटालिटी क्षेत्रमा निरन्तर लगानी बढ्नुले यो क्षेत्रमा सम्भावनालाई उजागर गरेको अध्यक्ष शाहको भनाइ छ।

त्यसैगरी, उनले केटीएम हस्पिटालिटीमा सर्वसाधारणलाई समेत सहभागिता गराएर अघि बढ्न लागेको बताए। ‘सर्वसाधारणलाई पनि पार्टनरसीप बनाएर लैजान २० प्रतिशत आइपिओ ल्याउन लागेका हौँ,’ उनले भने। कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालको पर्यटन क्षेत्रले उल्लेखिय रुपमा फड्को मारेको बताए। पर्यटन क्षेत्रको विकास र प्रर्द्धनका लागि केन्द्रीय बैंकले निरन्तर सहयोग गरिरहेको उनको भनाइ छ। कोभिडका बेला होस्, वा जेनजी आन्दोलनका क्रममा यस क्षेत्रमा पुगेको क्षतिलाई न्यूनीकरण गर्न केन्द्रीय बैंकले निर्देशनमार्फत काम गरेको मिश्रले बताए।

केटीएम हस्पिटालिटीको आईपीओ निष्काशन नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको विकासमा महत्वपूर्ण कदम मानिएको छ। यसले होटल उद्योगमा सार्वजनिक लगानी बढाउने र पर्यटन पूर्वाधार विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

विश्वव्यापी ब्राण्डको नेपालमा स्वदेशीकरण
‘होटल निर्माणका क्रममा स्वदेशी उत्पादनको अधिकतम प्रयोग गरिएको थियो। त्यसैगरी, जनशक्ति पनि स्वदेशी नै उपयोग गर्ने नीति अनुरुप अन्तर्राष्ट्रिय अनुभव बटुलेका तिमल्सिनालाई नियुक्त गरेको हो,’ केटीएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर शाहले भने, ‘फ्रान्सको प्रख्यात लुभ्र होटल्स ग्रुपसँग सहकार्य गरेर चितवनमा खुलेको होटलमा प्रायजसो जनशक्ति नेपाली नै छन् । प्राविधिक जनशक्ति ब्राण्डसँग समन्वय र परामर्शमा लिइएको हो।’

रोयल टुलिपः विश्वस्तरीय आतिथ्यताको प्रतीक

रोयल टुलिप फ्रान्सको लुभ्र होटल्स ग्रुपअन्तर्गतको प्रिमियम ब्राण्ड हो, जसले विश्वभर ७० भन्दा बढी देशमा १ हजार ७५६ भन्दा बढी होटल सञ्चालन गरिरहेको छ। युरोप, एसिया, अफ्रिका र मध्यपूर्वमा आफ्नो उपस्थिति जमाइसकेको यो ब्राण्डले लक्जरी आवास र उत्कृष्ट सेवाका लागि अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरेको छ।

रोयल टुलिप ब्राण्डले विशेष गरी आफ्ना पाहुनालाई स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय मापदण्डको सुन्दर समन्वय प्रदान गर्ने रणनीति अपनाउँदै आएको छ। यही मोडलअनुसार नेपालमा पनि स्थानीय संस्कृति र विश्वस्तरीय सुविधाको अद्भुत मेलमिलाप गराइएको छ।

कोभिड–१९ महामारीको सुरुवात २०७७ साल मंसिर (सन् २०२० अन्त्यतिर)मा तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई र श्रम मन्त्री रामेश्वर राय यादवले होटलको शिलान्यास गरेका थिए। अत्यन्त चुनौतीपूर्ण समयमा पनि यो परियोजना अगाडि बढ्नु नेपाली पर्यटन क्षेत्रको दृढता र सम्भावनाको प्रमाण हो। चितवन राष्ट्रिय निकुञ्जको किनारमा अवस्थित ४ एकड भन्दा बढी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा सुन्दर ढंगले डिजाइन गरिएका आवासहरू रहेका छन्। विशेष पुल भिला, वाटर भिला र मचान सुइटहरूले मनमोहक दृश्य र विलासी सुविधा प्रदान गर्दछन्।

रिसोर्टका प्रमुख आकर्षणः
१) अन्तर्राष्ट्रिय मापदण्डको स्पा र वेलनेस सेन्टर
२) आधुनिक फिटनेस सेन्टर
३) रमणीय पौडी पोखरी
४) फरेस्ट फ्लेम रेस्टुरेन्ट
५) मचान लाउन्ज
६) जीवन्त तनाबी स्पोट्र्स बार
७) शिशुकुञ्ज (बच्चाका लागि खेल्ने स्थान)
८) बोटिङ तथा फिसिङ सहित सुविधायुक्त पानी पोखरी घर
९) झण्डै डेढ किलोमिटरको वाकिङ ट्रेल तथा हेलिप्याड

आदिम कालदेखि चितवन क्षेत्रमा बसोबास गर्दै आएका माझी र थारु समुदायको सम्पन्न संस्कृतिलाई जीवन्त राख्न ‘माझीघर’ निर्माण गरिएको छ, जसले अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाली संस्कृतिको प्रामाणिक अनुभव प्रदान गर्नेछ।

अन्तर्राष्ट्रिय मापदण्ड, नेपाली पहिचान
रोयल टुलिप चितवनले विश्वस्तरीय गुणस्तर र उत्कृष्ट आतिथ्यता प्रदान गर्दै स्थानीय संस्कृति र परम्पराको संरक्षण गर्ने मूल उद्देश्य राखेको छ। यसले विदेशी मुद्रा आर्जनमा वृद्धि ल्याउने मात्र नभइ स्थानीय रोजगारी सृजना, क्षमता विकास र सांस्कृतिक संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

प्रकाशित: २०८२ माघ १ गते बिहिबार १२:५५
प्रतिक्रिया

थप समाचार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

घटेर बन्द भयो नेप्से, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

काठमाडाैँ: साताको अन्तिम कारोबार दिन (शुक्रबार) सेयर बजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

नेप्सेको वृद्धिले पायो निरन्तरता, कारोबार रकम साढे ६ महिनायताकै उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिनसमेत सोही क्रमलाई निरन्तरता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना