काठमाडाैँ: सुपर खुदी हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आइतबार सेयर बाँडफाँड गरेको हो।
कम्पनीले पुस २२ देखि २५ गतेसम्म १ लाख ५५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। यसमा कुल ७१ हजार ७ सय २० जनाबाट आवेदन परेकोमा ७१ हजार ६ सय ९७ जनाको आवेदन योग्य ठहरिएको थियो। मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड गर्दा १५ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी आवेदकको हात खाली भएको छ। आईपीओको नतिजा प्रकाशित भइसकेको छ।


