२०८३ कार्तिक २६ गते बुधबार

फागुनमा सकिँदै ढुंगाना र मिश्रको कार्यकाल, को बन्लान् राष्ट्र बैंकका नयाँ डेपुटी गभर्नर?

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, माघ ५
deputy governor (1)

काठमाडौँ: नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको कार्यकाल अब एक महिनामा सकिँदैछ।उनीहरूको कार्यकाल आगामी फागुन २५ गते औपचारिक रूपमा समाप्त हुँदैछ। कार्यकाल सकिने समय नजिकिँदै जाँदा राष्ट्र बैंकमा अब नयाँ डेपुटी गभर्नर को बन्ने भन्ने विषयले व्यापक चासो पाएको छ।

डा. ढुंगाना र मिश्रलाई तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले डेपुटी गभर्नर नियुक्त गरेको थियो।

नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर विशिष्ट श्रेणीका कर्मचारीमध्येबाट नियुक्त गर्नुपर्ने व्यवस्था छ। अर्थात्, राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशक (ईडी) हरूमध्येबाट मात्रै डेपुटी गभर्नर चयन हुन्छ। हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन्। प्रचलित व्यवस्थाअनुसार गभर्नरले तीमध्ये चार जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछन्। सरकारले ती चारमध्येबाट दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्नेछ।

राष्ट्र बैंकमा हाल नरेश शाक्य, रेवतीप्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, डा. सत्येन्द्र तिमिल्सिना, किरण पण्डित, चेतप्रसाद उप्रेती, रोशनकुमार सिग्देल, डा. रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल छन्।

यस्तै निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने र राजन विक्रम थापा कार्यकारी निर्देशक छन्। कानुनी रूपमा हेर्दा गभर्नरले यीमध्ये जुनसुकै कार्यकारी निर्देशकलाई पनि सिफारिस गर्न सक्ने अधिकार राख्छन्।

गत भदौ २३ र २४ गते अर्थात् जेनजी आन्दोलन अघिसम्म राष्ट्र बैंकको आगामी डेपुटी गभर्नरका रूपमा केही कार्यकारी निर्देशकको नाम बढी चर्चामा थियो। विशेषगरी रामु पौडेल, गुरुप्रसाद पौडेल, डा. सत्येन्द्र तिमिल्सिना, डा. रामशरण खरेल र दीर्घबहादुर रावल बलिया दाबेदारका रूपमा हेरिएका थिए। अहिले पनि यी नामहरू चर्चामा रहे पनि राजनीतिक परिस्थितिमा आएको परिवर्तनले समग्र समीकरणलाई अन्योलपूर्ण बनाएको छ।

राष्ट्र बैंकमा विगतदेखि नै राजनीतिक भागबण्डाका आधारमा डेपुटी गभर्नर नियुक्त हुने अभ्यास रहँदै आएको देखिन्छ। सरकारमा रहेको दलसँग नजिक मानिने कार्यकारी निर्देशकले प्रायः डेपुटी गभर्नर बन्ने अवसर पाउँदै आएका छन्। यो अभ्यास डा. युवराज खतिवडा, महाप्रसाददेखि हालका डेपुटी गभर्नर ढुंगाना र मिश्रसम्म निरन्तर देखिएको थियो। एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा र एमाले निकट मानिने महाप्रसाद गभर्नर रहेका बेला एमाले निकट कार्यकारी निर्देशकहरू ढुंगाना र मिश्र डेपुटी गभर्नर नियुक्त भएका थिए।

जेनजी आन्दोलन अघि पनि यसपटक पार्टी निकट कार्यकारी निर्देशक नै डेपुटी गभर्नर बन्ने अनुमान गरिएको थियो। राष्ट्र बैंकभित्र यसबारे चर्चा समेत चलेको थियो। तर, जेनजी आन्दोलनपछि सत्ता समीकरण परिवर्तन भएसँगै अब डेपुटी गभर्नर चयन प्रक्रिया कता मोडिन्छ भन्ने विषयमा अनिश्चितता बढेको छ।

हाल देश निर्वाचनको प्रक्रियामा छ। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ र निर्वाचन आचारसंहिता लागू भइसकेको छ। यस्तो अवस्थामा वर्तमान सरकारले नयाँ डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना न्यून देखिन्छ। राष्ट्र बैंक स्रोतका अनुसार फागुन २५ मा डेपुटी गभर्नरको कार्यकाल सकिने भएकाले नयाँ सरकार गठन भएपछि मात्रै नयाँ नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

‘निर्वाचनपछि कुन दल सरकारमा आउँछ भन्ने टुंगो छैन,’ राष्ट्र बैंक स्रोत भन्छ, ‘त्यसैले डेपुटी गभर्नरको बन्छ भन्ने विषय पनि अहिले नै निश्चित छैन। नयाँ सरकारले जेनजी आन्दोलनको भावनाअनुसार नयाँ अनुहार रोज्छ कि पुरानै राजनीतिक अभ्यासलाई निरन्तरता दिन्छ भन्ने विषय खुला नै छ।’

राष्ट्र बैंक स्रोतका अनुसार आगामी अर्थमन्त्रीको भूमिका पनि डेपुटी गभर्नर नियुक्तिमा निर्णायक रहनेछ। यद्यपि, कानुनी रूपमा गभर्नरको सिफारिस अधिकार पूर्ण रूपमा स्वतन्त्र मानिन्छ। गभर्नरले कसलाई सिफारिस गर्छन् भन्ने कुरा बाहिर थाहा नहुने उनको भनाइ छ।

राष्ट्र बैंकभित्र भने १८ वटै कार्यकारी निर्देशक सक्षम र योग्य रहेको धारणा कर्मचारी तहमा व्याप्त छ। ‘जो आए पनि संस्थागत कामकाजमा खासै फरक पर्दैन,’ एक कर्मचारीले भने, ‘व्यक्तिभन्दा पनि नीति र संस्थागत निरन्तरता महत्वपूर्ण हो।’

यसरी, कार्यकाल सकिन लागेका डेपुटी गभर्नरको स्थान पूर्ति कसरी र कसबाट हुन्छ भन्ने विषय आगामी निर्वाचनपछि कसको सरकार बन्नेछ भन्नेले प्रभाव पार्नेछ।

प्रकाशित: २०८२ माघ ५ गते सोमबार ०७:०२
प्रतिक्रिया

थप समाचार

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना