काठमाडौँः विजय लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) को बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले आज बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो।
कम्पनीले पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधारणका लागि ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता सेयर निष्कासन गरेको थियो।
क्यापिटलका अनुसार यस एफपीओमा कुल २१ लाख ९९ हजार २६ जनाबाट आवेदन परेको थियो। तीमध्ये २१ लाख ९६ हजार ३४ वटा आवेदन मात्र योग्य ठहरिएका छन्। मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको हो।
गोलाप्रथाबाट जम्मा ४६ हजार ६ सय ८१ जनाले मात्र सेयर प्राप्त गरेका छन्। तीमध्ये ७ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकी अधिकांश आवेदकहरू सेयर प्राप्त गर्नबाट वञ्चित भएका छन्।


