काठमाडौँः साताको तेस्रो कारोबार दिन बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ९.४३ अंकले घटेर २ हजार ७०५.३८ विन्दुमा बन्द भएको हो।
आज २ करोड १६ लाख ४१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यसदिन ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ३ कम्पनीको सेयरमूल्य स्थिर छ। त्यस्तै, कालिका पावरको सेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सर्वाधिक कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ। उक्त कम्पनीको मात्र ४३ करोड ३६ लाखको कारोबार भएको हो।


