२०८३ साउन १३ गते बुधबार

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट पनि अपडेट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १५
global

काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप मार्फत साधारण सेयर (आईपीओ) भर्ने सुविधा उपलब्ध गराएको छ।अब बैंकका मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले कुनै पनि आईपीओ आवेदन प्रक्रिया ग्लोबल स्मार्ट प्लस एपबाटै सजिलै सम्पन्न गर्न सक्नेछन्।

ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले आईपीओ म्यानेजमेन्ट सेक्सनमा गई आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि, ग्राहकलाई तुरुन्तै सिआरएन नम्बर प्राप्त हुनेछ। त्यसपछि, ग्राहकहरूले आईपीओहरू खुला हुने समयमा एपमार्फतै आवेदन दिन सक्नेछन्।

साथै, ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूलाई यस एपको माध्यमबाट कुनै पनि कम्पनीको आईपीओ खुल्ला हुनेबारे जानकारी पनि प्राप्त हुनेछ। यस सेवाले ग्राहकलाई आईपीओ आवेदन प्रक्रियामा अन्य माध्यम प्रयोग गर्न नपर्ने तथा अत्यधिक सहजता र समयको बचत गर्ने सुविधा उपलब्ध गराएको छ।

एपमा लाइभ मार्केट सुविधा

ग्लोबल स्मार्ट प्लस एपमा अब लाइभ मार्केट सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई सेकेन्डरी बजारमा भएको सबै कारोबारको रियल टाइम अपडेट प्रदान गर्नेछ।

यस सुविधामा ग्राहकहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, वाचलिस्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर लिस्ट लगायतका विभिन्न लगानीका अवसरहरूको जानकारी प्राप्त गर्न सक्नेछन्।

लाइभ मार्केट सुविधामार्फत ग्राहकहरूले दोस्रो बजारको सम्पूर्ण जानकारी पाउनेछन् र यसले व्यक्तिगत शेयर लगानी ट्र्याक गर्ने अवसर प्रदान गर्ने बैंकले जनाएको छ।

ग्राहकहरूले खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरेर आफ्नो शेयरको मूल्य र नाफारघाटा रियल टाइममा ट्र्याक गर्न सक्छन्। क्यालकुलेटरको प्रयोगले शेयर किन्ने वा बेच्ने निर्णयमा सही हिसाब किताब गर्न मद्दत पुर्याउँछ, जसले लगानीको योजना बनाउँदा सहयोगी बन्नेछ ।

वाचलिस्ट सुविधाले लगानीकर्ताहरूलाई आफ्नो रोजाईका शेयरहरूको सूची बनाउने अवसर दिन्छ, जसको माध्यमबाट उनीहरू आफ्नो लगानी निर्णय अघि मूल्य परिवर्तन र बजारको ट्रेन्ड निगरानी गर्न सक्छन्। स्टक कम्प्यारिजन सुविधाले ग्राहकलाई शेयरका मूल्य ट्रेन्ड र अन्य सूचकांङ्कहरूको आधारमा तुलनात्मक विश्लेषण प्रस्तुत गर्दछ, जसले लगानी निर्णयमा थप सन्दर्भ प्रदान गर्दछ।

यससँगै, ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूलाई दोस्रो बजारको सम्पूर्ण जानकारी प्राप्त गर्ने अवसर प्राप्त भएको छ, जसले उनलाई स्मार्टफोन प्रयोग गरेर शेयर बजारको गतिविधिहरू ट्र्याक र विश्लेषण गर्नका लागि सुविधाजनक र डिजिटल माध्यम उपलब्ध गराउँछ।

बैंकले यस नयाँ सुविधा सुरुवात गर्न ग्राहकलाई सहज र सुरक्षित डिजिटल बैंकिङ अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। ग्लोबल स्मार्ट प्लस एपले डिजिटल वित्तीय सेवाहरूमा नयाँ आयाम थप्दै, नेपालमा आधुनिक वित्तीय समावेशीकरणको दिशा तय गर्दैछ।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ।

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउदै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउदै आएको छ।

प्रकाशित: २०८२ माघ १५ गते बिहिबार ०४:५२
प्रतिक्रिया

थप समाचार

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...

तरलता प्रशोचनवापत राष्ट्र बैंकले तिर्‍यो २१ अर्ब बढी ब्याज, अधिक तरलता व्यवस्थापनमै ठूलो खर्च

गत आर्थिक वर्षमा निक्षेप संकलन बोलकबोलमार्फत बैंक तथा वित्तीय संस्थालाई १३ अर्ब ३० करोड ७९ लाख ५० हजार १७३ रुपैयाँ ब्याज भुक्तानी गरिएको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ खिच्दै

काठमाडौँः बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब रुपैयाँ उठाउने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत २ महिनाका लागि उक्त रकम बोलकबोल...

घर बनाउँदै हुनुहुन्छ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

काठमाडौँ: घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना प्रवर्द्धन गरेको छ। बैंकले आफ्ना ग्राहकलाई आवश्यकताअनुसार लचिलो वित्तीय सुविधा...

चालू वर्षमा पनि बैंकहरूले ‘क्यापिटल बफर’का लागि थप पुँजी राख्नु नपर्ने!

बैंकहरुले काउन्टर साइक्लिकल बफर (सीसीबी) का लागि थप पुँजी छुट्याउन नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएपछि यससम्बन्धी अन्तिम निर्णय गर्ने...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना