काठमाडौँः साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज परिसूचक नेप्से १२.५८ अंकले घटेर २ हजार ६८३.१५ विन्दुमा बन्द भएको हो।
आज १ करोड ८७ लाखको सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६३ करोडको कारोबार भएको छ। यस दिन ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको सेयर मूल्य घटेको छ। साथै, ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज कालीनचोक दर्शन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। यससँगै आज सान्भी इनर्जी कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ४.६३ प्रतिशतले घटेको हो।
त्यस्तै, आज सबैभन्दा बढी एसवाई प्यानल नेपालको सेयर कारोबार भएको छ। यस कम्पनीको मात्र ५९ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


