काठमाडौँः साताको चौथो कारोबार दिन बुधबार(आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज परिसूचक नेप्से १.६४ अंकले घटेर २ हजार ६८१.५० विन्दुमा बन्द भएको हो।
यस दिन १ करोड ६६ लाख कित्ता सेयर खरिद विक्रि हुँदा ७ अर्ब ४९ करोडको कारोबार भएको छ। आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको सेयरमूल्य घटेको छ। साथै, १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
त्यस्तै, कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार आँखु खोला जलविद्युतको भएको छ। सो कम्पनीको मात्र ८० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


