२०८३ कार्तिक २१ गते शुक्रबार

माथिल्लो कर्णाली आयोजनाको प्रगतिबारे रास्वपा उम्मेदवार शाही र आयोजना प्रमुख शर्माबीच छलफल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २२
photo_5cfc8f8f

काठमाडौं। दैलेख र अछाम जिल्लासँग जोडिएको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई छिटो र छरितो रूपमा निर्माण चरणमा लैजान आवश्यक पहलका विषयमा सरोकारवालाबीच छलफल भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दैलेख क्षेत्र नम्बर २ का उम्मेद्वार बखतबहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको हालको प्रगति अवस्था बुझ्न जीएमआर इनर्जी लिमिटेडका आयोजना प्रमुख के के शर्मासँग भेटघाट गरेका हुन्।

भेटका क्रममा आयोजनाको हालसम्मको प्रगति विवरण, देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको शाहीले बताए।

शाहीले माथिल्लो कर्णाली जलविद्युत आयोजना, भैरवी सिरिस्थान ग्यास पेट्रोल आयोजना तथा दुल्लु–मालिका सौर्य आयोजना आफ्ना प्रमुख प्राथमिकताका एजेन्डा भएको उल्लेख गर्दै यी परियोजनालाई समयमै निर्माण चरणमा लैजान राजनीतिक पहल र समन्वय आवश्यक रहेको धारणा राखे।

भारतीय कम्पनी ग्रान्धी मल्लीकाअर्जुन राव (जीएमआर) ले सन् २००८ मा ग्लोबल टेन्डरमार्फत माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास गर्ने अनुमति पाएपनि हाल सम्म प्रगति नहुँदा स्थानियहरु रुष्ट भएको भन्दै शाहीले उक्त आयोजना विकासका लागि प्रमुख शर्माको ध्यानाकर्षण समेत गराए।

उनले यी आयोजनाले दैलेख र अछामको समग्र आर्थिक विकास, रोजगारी सिर्जना र ऊर्जा आत्मनिर्भरतामा महत्वपूर्ण योगदान दिने बताए। भेटका क्रममा आयोजना प्रमुख शर्माले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वर्तमान अवस्था, लगानी संरचना तथा आगामी चरणमा अघि बढ्ने सम्भावनाबारे जानकारी गराएका थिए। दुवै पक्षले आयोजनालाई शीघ्र कार्यान्वयनमा लैजान आपसी सहकार्य र निरन्तर संवाद आवश्यक रहेको निष्कर्ष निकालेका छन्।

प्रकाशित: २०८२ माघ २२ गते बिहिबार ११:१६
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना