२०८३ कार्तिक २४ गते सोमबार

भदौ २३ र २४ को घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा पर्यो: गगन थापा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २४
gagan

काठमाडौं। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले घटनाको जिम्मेवारी लिनु पर्छ भनेर भदौ २३ र २४ गतेको घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा परेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं– ५ को सदस्य भेला कार्यक्रममा उनले जिम्मेवारी लिने आँट नभएको भदौ २३, २४ को घटनालाई षडयन्त्र चलखेल भन्ने र अस्वीकार गर्ने प्रवृत्ति देखा परेको बताए।

यसका साथै, उनले आन्दोलनमा बलेको आगोमा तेल हालेर, भड्काउने, उचाल्ने र त्यसबाट लाभ लिने, प्रवृत्ति पनि आएको भन्दै नेपाली काङ्ग्रेसमा यस्तो प्रवृत्ति नरहेको दाबी गरे।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा परेको छ । भदौ २३, २४ मा केही भएकै होइन भन्ने मानसिकताको विकास गरिएको छ । किनभने त्यो सत्य भएको कुरा स्वीकार गरियो भने जिम्मेवारी लिनुपर्छ।

जिम्मेवारी लिन आँट चाहिन्छ, त्यसैले त्यो होइन, त्यो षडयन्त्र हो, त्यसमा चलखेल छ, अरु कसैले गराइ दिएको हो भन्ने प्रवृत्ति छ । त्यस्तै अर्को प्रवृत्ति पनि आएको छ झन् घातक।

त्यो भनेको आन्दोलनमा बलेको आगोमा तेल हालेर त्यसमा जे जे सेक्न सकिन्छ सेक्ने र फाइदा लिइहाल्ने भन्ने छ । त्यसलाई भड्काउने, उचाल्ने र त्यसबाट लाभ लिने, त्यो लाभ पनि आफ्नो लागि मात्र भएको हो भन्ने प्रवृत्ति अगाडि आएको छ । तर नेपाली काङ्ग्रेसभित्र यस्तो प्रवृत्ति छैन्।’

उनले भदौ २३ र २४ को घटनापछि सरकार, संसद, थुप्रै जीवन र भवनहरु गएको कारण आजको अवस्था सिर्जना भएको पनि बताए।

उनले भने, ‘फागुन २१ गतेको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । निर्वाचन तपाई हामीले खोजेर ल्याएको निर्वाचन होइन्, यसले हामीलाई खोज्दै आएको हो।

हामी त ०८४ साल मंसिरको निर्वाचन हुन्छ भनेर बसेका थियौं । कसैले पनि कल्पना नगरेको दुई वटा घटनाहरु भए । त्यसले धेरै कुरा तलमाथि गरेको छ । सरकार र संसद गयो थुप्रै जीवनहरु गए, भवनहरु गए । यसले हामी सबैलाई एउटा नयाँ ठाँउमा ल्याएको छ।’

नयाँ सोचका साथ, आएको बदलिएको नेपाली काङ्ग्रेसले केही प्रतिबद्धताहरु लिएर आएको भन्दै त्यसमा सम्झौता गर्न परे सरकार पनि नचाहिएको पनि उनको भनाई छ।

प्रकाशित: २०८२ माघ २४ गते शनिवार ०५:४८
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना