२०८३ कार्तिक २१ गते शुक्रबार

प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागीता अपरिहार्यः प्रबल अधिकारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ५
prabal_adhikari

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले मंगलबार आयोजना गरेको ‘इप्पान पोलिसी डायलग सिरिज’मा ऊर्जा व्यापार विज्ञ प्रबल अधिकारीले अन्तरदेशीय प्रसारण लाइन विकासमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको बताएका छन्।

उनले नेपाल–भारतबीच सचिवस्तरीय संयुक्त स्टेरिङ कमिटी र सहसचिवस्तरीय संयुक्त कार्य समूहले प्रसारण संरचना विस्तारका लागि इम्प्लिमेन्टेसन र फण्डिङ मोडालिटी स्पष्ट गर्नुपर्ने बताए। ‘ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन निर्माणमा निजी क्षेत्र संलग्न भइसकेको उदाहरण छ,’ उनले भने, ‘त्यो मोडेललाई निरन्तरता दिन सकेको भए बुटवल–गोरखपुर जस्ता आयोजनामा पनि सहज हुन्थ्यो।’

अधिकारीका अनुसार नेपाल विद्युत प्राधिकरणले सबै अन्तरदेशीय लाइनमा ठूलो इक्विटी हाल्दै जाने मोडेल दीर्घकालीन रूपमा सम्भव छैन।

ढल्केबर–मुजफ्फरपुर ४०० केभी लाइन करिब एक हजार मेगावाट क्षमताको ‘एन–माइनस वान’ मापदण्डमा बनेको स्मरण गर्दै उनले इनरुवा–पूर्णिया तथा दोधोधारा–बरेली जस्ता नयाँ प्रस्तावित लाइनमा पनि ५१–४९ प्रतिशत सरकारी इक्विटीको मोडालिटी तय भएको जानकारी दिए।

तर, यस्ता परियोजनामा १०–२५ प्रतिशतसम्म निजी क्षेत्रलाई सहभागी गराउने निर्णय भएमा जोखिम बाँडफाँट सहज हुने उनको धारणा थियो।

उनले प्रसारण ‘गुरुयोजना’ अनुसार ६ वटा कोरिडोरमा ११ वटा क्रसबोर्डर लाइन योजना गरिएको उल्लेख गर्दै थप आवश्यकताअनुसार नयाँ लाइन प्रस्ताव भइरहेको बताए। तर प्रसारण लाइन निर्माणपछि विद्युत् प्रवाह नहुने जोखिम, जियो–पोलिटिकल र बजार जोखिमलाई पनि उत्तिकै ध्यान दिनुपर्ने उनको भनाइ थियो। बनाएपछि ट्रान्समिसन चार्ज तिर्नैपर्छ, तर बिजुली फ्लो भएन भने प्राधिकरणमाथि ठूलो आर्थिक दबाब पर्छ,’ उनले चेतावनी दिए।

अधिकारीले २००० मेगावाट क्षमताको बुटवल–गोरखपुर लाइनको क्षमतामध्ये कम्तीमा १००० मेगावाट निजी क्षेत्रलाई अक्सनमार्फत बुक गराउन सकिने सुझाव दिए। त्यसो भए उत्पादकले आफैं बजार खोज्ने र प्राधिकरणको जोखिम घट्ने उनको तर्क थियो।

‘ओपन एक्सेस लागू भएपछि क्यू–४०, क्यू–६० जस्ता सीमाले अर्थ राख्दैन,’ उनले भने, ‘उत्पादकले बजार खोज्न पाउने र प्रसारण संरचना उपलब्ध हुने हो भने आयोजना अनुकूल क्षमतामा विकास गर्नुपर्छ।’

स्टोरेज आयोजनाको सन्दर्भमा उनले हालको संकेतात्मक ट्यारिफ हिउँदमा १२.४० रुपैयाँ, वर्षामा ७.१० रुपैयाँ सबै आयोजनामा समान रूपमा लागू गर्न नमिल्ने बताए।

लागत, निर्माण अवधि, सामाजिक तथा वातावरणीय असर फरक–फरक हुने भएकाले अन्तिम दर नियामक आयोगले लागत प्रमाणीकरणपछि निर्धारण गर्ने व्यवस्था रहेको उनले स्पष्ट पारे। ५–५ वर्षमा पुनरावलोकन हुने प्रावधानले पनि दर समयानुकूल समायोजन गर्ने उनको भनाइ थियो।

अधिकारीले ठूलो–ठूलो जलाशय आयोजना घोषणामा सीमित नभई बजार, प्रसारण र वित्तीय व्यवस्थापनको स्पष्ट रणनीति आवश्यक रहेको जोड दिए। ‘प्रसारण संरचनामा निजी क्षेत्रको प्रवेश, ओपन एक्सेस र जोखिम बाँडफाँटको स्पष्ट मोडेल बिना ऊर्जाको तीव्र विस्तार सम्भव छैन,’ उनले निष्कर्ष निकाले।

प्रकाशित: २०८२ फाल्गुण ५ गते मङ्गलबार ०७:१५
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना