काठमाडौं। पूर्वाधार आयोजनामा देखिएको ठेक्का प्रणालीमा सुधार गर्ने नेपाली कांग्रेस सभापति गगनकुमार थापाले बताएका छन्।
प्रतिज्ञापत्र सार्वजनिक गरेपछि उठेको प्रश्नको जवाफ दिँदै उनले आर्थिक तथा प्राविधिक पक्षलाई मात्र नहेरी छिटो बनाउने प्रावधान राखेर ठेक्का प्रक्रियालाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन्।
अहिले सस्तो दरमा मात्र हेर्ने प्रक्रियालाई परिमार्जन गर्ने उनले बताए। यस्तै ९० प्रतिशत क्लियरेन्स भएपछि मात्र ठेक्का प्रक्रिया सुरु गर्ने योजना थापाले सुनाए।


