२०८३ कार्तिक २३ गते आईतबार

जिली अटो ग्रुपद्वारा विकसित अत्याधुनिक ब्याट्री प्रविधि नेपालमा ईएक्स ५ मार्फत उपलब्ध

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १०
638303444_1249611420479441_7610466607085801046_n

काठमाडौँ: विद्युतीय गाडी (ईभी) को मुटु भनेको यसको ब्याट्री हो। यो केवल ऊर्जाको स्रोत मात्र होइन, यसले गाडीको रेञ्ज, कार्यक्षमता, आयु, मूल्य र समग्र प्रयोगकर्ता अनुभवलाई प्रत्यक्ष रूपमा प्रभावित गर्दछ। ब्याट्रीको गुणस्तरले नै ईभी कति भरपर्दो, सुरक्षित र दीर्घकालीन हुनेछ भन्ने निर्धारण गर्छ।

नेपालमा पछिल्लो समय ईभी बजार तीव्र गतिमा विस्तार भइरहेको छ। वार्षिक बिक्री वृद्धि १८० प्रतिशतसम्म पुगेको र कुल आयातित अटोमोबाइलमध्ये करिब ७५ प्रतिशत हिस्सा ईभीको रहेको तथ्यांकले देखाउँछ। पेट्रोल र डिजेलबाट चल्ने गाडीभन्दा विद्युतबाट चल्ने एसयूभीतर्फ ग्राहकहरूको आकर्षण बढेसँगै ब्याट्री प्रविधिप्रति उनीहरूको चासो पनि उल्लेख्य रूपमा बढेको छ।

एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठ भन्छन्, ‘नेपाली ग्राहकहरू अब केवल रेञ्ज मात्र हेर्ने अवस्थामा छैनन्। उनीहरू ब्याट्रीको सुरक्षा, टिकाउपन, वारन्टी, चार्जिङ समय र दीर्घकालीन मूल्यलाई समेत तुलना गरेर निर्णय लिन थालेका छन्।’ एलआरआर मोटर्सले नेपालमा जिली ईएक्स फाइभ (प्रो र म्याक्स भेरियन्ट) बिक्री गर्दै आएको छ, जसमा जिलीको नवीनतम सर्ट ब्लेड ब्याट्री जडान गरिएको छ।

सर्ट ब्लेड ब्याट्री: विश्वस्तरीय प्रविधिको नमुना
२७ जुन २०२४ मा हाङ्झाउमा जिली अटो ग्रुपले आफ्नै अनुसन्धान तथा विकास (आर एण्ड डी) केन्द्रद्वारा विकास गरेको नयाँ पुस्ताको लिथियम आयरन फस्फेट (एलएफपी) मा आधारित ‘सर्ट ब्लेड’ ब्याट्री सार्वजनिक गरेको थियो।

परम्परागत एलएफपी ब्याट्रीको तुलनामा सर्ट ब्लेड डिजाइनले सेलको संरचनालाई अझ सघन, बलियो र तापीय रूपमा स्थिर बनाएको छ। यसमा उच्च तापीय स्थिरता भएको डाइफ्राम, सुरक्षित इलेक्ट्रोड संरचना तथा ‘सेल्फ फ्युजिङ’ प्रविधिको प्रयोग गरिएको छ। दुर्घटनाका क्रममा प्वाल परे पनि एल्युमिनियम तह आफैं फ्युज भई इन्सुलेसन तह बनाउँछ, जसले सर्ट सर्किट रोक्छ र थर्मल रनअवे हुन दिँदैन।

अटोमोबाइल उद्योगमा एकल सुई परीक्षणलाई मानक मानिए पनि जिलीले आठवटा ५ मिमी फलामका किला एकैपटक घुसाएर एक घण्टा परीक्षण गर्दा पनि कुनै आगलागी वा विस्फोट नभएको जनाएको छ। यसका साथै राइफल बुलेट परीक्षण, पानीमा डुबाउने, चरम दबाब दिने तथा आगोको प्रत्यक्ष ताप परीक्षणमा समेत ब्याट्री सफल भएको कम्पनीको दाबी छ।

१० लाख किलोमिटर, ५० वर्षसम्मको सम्भावित आयु
यो ब्याट्रीले करिब ३,५०० चार्ज–डिस्चार्ज साइकल पूरा गर्न सक्ने क्षमता राख्दछ। यस आधारमा करिब १० लाख किलोमिटर यात्रा सम्भव हुने अनुमान गरिएको छ। यदि कुनै परिवारले वार्षिक २० हजार किलोमिटर चलायो भने यो ब्याट्री करिब ५० वर्षसम्म उपयोगी रहने सम्भावना देखिन्छ।

यसले पुनःबिक्री मूल्य (रिसेल भ्यालु) मा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। दीर्घकालीन आयुले गर्दा प्रयोगकर्तालाई ब्याट्री प्रतिस्थापनको चिन्ता न्यून हुने विज्ञहरूको भनाइ छ।

अत्यधिक चिसोमा उत्कृष्ट प्रदर्शन
नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा चिसो तापक्रम ठूलो चुनौती हो। सर्ट ब्लेड ब्याट्री माइनस ३० डिग्री सेल्सियसमा ९० प्रतिशतभन्दा बढी क्षमता कायम राख्न सक्षम रहेको बताइएको छ। माइनस २५ डिग्री तापक्रममा पनि २० मिनेटमै ९० प्रतिशतसम्म चार्ज हुन सक्ने क्षमता यसले देखाएको छ।

यसका लागि अतिरिक्त हिटिङ सिस्टमको आवश्यकता नपर्ने भएकाले ऊर्जा खपत कम हुन्छ र रेञ्जमा पनि सकारात्मक प्रभाव पर्छ।

शक्ति, रेञ्ज र चार्जिङ दक्षता
जिली ईएक्स फाइभ मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ, जसले ६.९ सेकेन्डमा ०–१०० किमि प्रतिघण्टा गति लिन सक्छ। यसले शहर र राजमार्ग दुवैमा सन्तुलित र स्थिर प्रदर्शन प्रदान गर्छ।

११ किलोवाट एसी चार्जरमार्फत करिब ६ घण्टामा १०–१०० प्रतिशत चार्ज गर्न सकिन्छ भने १०० किलोवाट डिसी फास्ट चार्जर प्रयोग गर्दा २० मिनेटमै ३०–८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसले लामो दूरीको यात्रालाई सहज बनाउँछ।

नेपालको भूगोलअनुसार उपयुक्त
नेपालका उकालो–ओरालो, कंकड–पत्थरयुक्त सडक, पहाडी मोड र बाढी जोखिमलाई ध्यानमा राख्दै ब्याट्रीलाई समुद्री पानीमा डुबाउने, भारी रोलर गुडाउने, ढुंगामा ठोक्काउने, कम्पन परीक्षण जस्ता विभिन्न चरम परीक्षणबाट गुजारिएको कम्पनीले जनाएको छ। श्रेष्ठका अनुसार, ‘८ नेइल पेनिट्रेसन टेस्ट पास गर्ने विश्वकै पहिलो ब्याट्री भएकाले यसलाई फायर, वाटर र बुलेट प्रुफ ब्याट्री पनि भन्न सकिन्छ। नेपाली ग्राहकका लागि सुरक्षा सबैभन्दा ठूलो प्राथमिकता हो, र यही पक्षमा जिली अग्रणी देखिन्छ।’

वातावरणीय र आर्थिक फाइदा
एलएफपी प्रविधि कोबाल्ट र निकेल जस्ता दुर्लभ तथा महँगा धातुमा निर्भर नहुने भएकाले लागत कम र वातावरणीय प्रभाव न्यून हुन्छ। दीर्घकालीन आयु र उच्च सुरक्षा स्तरले बीमा लागत र मर्मत खर्च पनि कम गर्ने अपेक्षा गरिएको छ। ईभीको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थको  आयात घटाउन मद्दत पुग्ने र राष्ट्रिय व्यापार घाटा कम गर्न योगदान पुग्ने अर्थशास्त्रीहरूको विश्लेषण छ।

गुणस्तर, नवीनता, सुरक्षा, दीर्घायु र वातावरणीय जिम्मेवारीका दृष्टिले जिलीको सर्ट ब्लेड ब्याट्रीले नेपाली मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि बलियो छवि निर्माण गरिरहेको छ। आधुनिक प्रविधि र विश्वस्तरीय सुरक्षा मापदण्डसहित जिली ईएक्स फाइभ ले नेपाली ईभी बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास गरिएको छ।

प्रकाशित: २०८२ फाल्गुण १० गते आईतबार ०२:१६
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना