२०८३ असोज ३० गते शुक्रबार

सधैँ चुनावी नारा बन्ने गोरखकाली रबर उद्योगको अवस्था (फोटोफिचर)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १३
Gorakhkaali tyre factory_NPL_PCT (19)
तस्बिर: प्रकाश चन्द तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

२०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा राजा वीरेन्द्रले शिलान्यास गरेको गोरखा नगरपालिका वडा नं १३ मझुवास्थित गोरखकाली रबर उद्योग लिमिटेडको अहिले जीर्ण बन्दै गएको छ। नेपालको एकमात्र रबर उद्योगको रुपमा स्थापित यस उद्योगले वि.सं २०५० को दशकदेखि व्यवसायिक रुपमा उत्पादन थालेको भएतापनि हाल पूर्ण रुपमा बन्दको अवस्थामा रहेको छ।

मित्र राष्ट्र चीनको सहयोगमा स्थापित गोरखकाली रबर उद्योग देशकै एउटा चर्चित उद्योग त थियो नै, यस उद्योगले राष्ट्रिय उत्पादन र पुँजी वृद्धिमा ठूलो टेवा पुर्याएको थियो।

सरकारी र निजी साझेदारीमा सञ्चालित गोरखकाली रबर उद्योगले प्रतिवर्ष हेभी र लाइट गरेर विभिन्न प्रकारका १ लाख २० हजार टायर उत्पादन गर्ने लक्ष्य राखेको थियो। उद्योग सञ्चालनको क्रममा विभिन्न प्रकारका ८८ हजार टायर प्रतिवर्ष उत्पादन गरिरहेको थियो। ट्रकका लागि १२ प्रकारका, जीप र भ्यानका लागि ५ प्रकारका र साना कारका लागि ६ प्रकारका टायर यस उद्योगले उत्पादन गर्ने गर्दथ्यो।

करिब ६७० रोपनी क्षेत्रफलमा रहेको यस उद्योगमा सरकार, सर्वसाधारण, एसियाली विकास बैंक, नेपाल आयल निगम, हिमाल सिमेन्ट, नेपाल साल्ट ट्रेडिङलगायत संघसंस्थाहरुको साझेदारी रहेको देखिन्छ।

उद्योग सञ्चालनको सुरुकै चरणमा करिब ४०० जनाले विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका थिए। कुल टायर र ट्युबको आन्तरिक मागको करिब ४० प्रतिशत हिस्सा पूर्ति गर्न सफल भइसकेको उद्योगले विदेशी टायरहरुसँग पनि राम्रै प्रतिस्पर्धा गरिराखेको थियो। नेपालमा उत्पादित टायरहरु भारत, बङ्गलादेश, श्रीलङ्कालगायतका दक्षिण एसियाली मुलुकहरुमा निर्यात हुन्थ्यो। नेपालको काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, वीरगञ्ज, जनकपुरलगायतका ठूला ३० वटा शहरमा आफ्नो डिपो राखेर राम्रो बजार व्यवस्थापनसहित सफलता हासिल गरिरहेको यस गोरखकाली रबर उद्योग गोरखाबासीको मात्रै नभएर नेपालकै एउटा प्रतिष्ठा बनेको थियो।

तर विगत १० वर्षदेखि उद्योग पूर्ण रुपमा बन्द छ। करिब १० अर्ब बराबरको राज्यको सम्पत्ति र सयौं रोपनी क्षेत्रफल भएको रबर उद्योगको वरिपरि झाडी र घारीले घेरिएको छ। उद्योगका मेसिनहरुमा खिया लागेको छ। हाल सुनसान देखिने यो क्षेत्रमा उद्योग रेखदेख र सुरक्षाका लागि केहि सुरक्षागार्ड राखिएको छ।

प्रकाशित: २०८२ फाल्गुण १३ गते बुधबार ०३:०४
प्रतिक्रिया

थप समाचार

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।

महिलाले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा

काठमाडौं। महिला उद्यमी महासंघ नेपाल (एफडब्लुइएएन) ले ‘म उद्यमी’ ट्रेडमार्क (सामूहिक चिन्ह) प्रयोगसँगै उत्पादनहरुको सामूहिक प्रदर्शन सुरु गरेको छ। एफडब्ल्युइएएनले बिहीबार ललितपुरको सानेपास्थित...

दसैं नजिकिएसँगै भृकुटीमण्डप खसी बजारमा चहलपहल, धमाधम भित्रिँदै खसी, बोका र च्यांग्रा (तस्विरहरू)

काठमाडौं। दसैं नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खसी बजारमा चहलपहल बढ्न थालेको छ। दसैंका लागि खसी, बोका र च्यांग्रा खरिदबिक्री गर्ने तयारीसँगै बजारमा पशुचौपाया भित्रिने क्रम तीव्र...

फेरिएको दाप्चा, पहिलो गुल्जार, आजकल सुनसान (फोटोफिचर)

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ स्थित दाप्चा बजार। कुनै समय पूर्वी नेपाल र काठमाडौँको बिसौनी, व्यापारिक केन्द्र दाप्चा बीपी राजमार्ग निर्माण र बसाइँसराइँका कारण आजकल सुनसान प्रायः...

चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा (तस्बिरहरु)

चाडबाड नजिकिँदै गर्दा ललितपुरको हरिसिद्धिमा खाना पकाउने ग्यास लिन उपभोक्ताको भीड लागेको छ। ग्यास लिन आएका गाडीहरूको लामो लाइनले सडकमा समेत जाम भएको छ। चाडबाडका बेला ग्यासको माग बढ्ने भए...
46174be9-0cb1-4503-94ca-b420b8b3b675
अन्तर्वार्ता

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
hbl
बैंकिङ

वित्तीय अवस्था कमजोर बन्दै गएपछि हिमालयन बैंकमा सीईओ फेर्न कसरत, नयाँको खोजी हुँदै!

पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्याल बैंकको अध्यक्ष बनेर आएपछि बैंकको सीईओ फेरबदल गर्ने विषयमा घनिभूत छलफल अघि बढेको छ। बैंकको वित्तीय अवस्था सुधार गर्न नयाँ सीईओ र नायब प्रमुख कार्यकारी अधिकृत...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना