२०८३ कार्तिक २१ गते शुक्रबार

लिटमसले ४०० केभी प्रसारण लाइनको तार उत्पादन गर्ने, भारतको पावर ग्रिडसँग सम्झौता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १३
litmus

काठमाडौँ: भारत सरकारको स्वामित्वमा रहेको प्रसारण लाइन तथा सबस्टेशन निर्माण कम्पनी पावर ग्रीड कर्पोरेशन अफ इन्डियाले नेपाली कम्पनीसँग प्रसारण लाइनका लागि उच्च भोल्टेजको तार खरिद गर्ने भएको छ। रमेश कर्पअन्र्तगतको लिटमस इन्डस्ट्रिज लिमिटेडले पावर ग्रिड कर्पोरेशनसँग उच्च भोल्टेजका तार निर्माण तथा आपूर्ति सम्झौता गरेको छ।

लिटमसले २७ सय ९९ किलोमिटर लामो ४०० केभी क्षमताको ठूलो प्रसारण लाइन बनाउन तार उत्पादन तथा आपूर्ति गर्ने भएको छ।

पावर ग्रीड भारतको केन्द्रीय प्रसारण लाइन निर्माण गर्ने कम्पनी हो। पावर ग्रीडले देशको अन्तरराज्य र सीमापार पावर नेटवर्क सञ्चालन गर्दछ।
लिटमस इन्डस्ट्रिज सीमापार प्रसारण परियोजनाको लागि छनोट गरिएको एक मात्र नेपाली कन्डक्टर उत्पादक हो। लिटमसले नेपालमै उच्च भोल्टेज प्रसारण लाइनका लागि तार उत्पादन गर्दै आएको छ।

सम्झौताअन्तर्गत लिटमस इन्डस्ट्रिजले २७ सय ९९ किलोमिटर लामो ४०० केभी एसीएसआर मुज कन्डक्टरहरू उत्पादन र आपूर्ति गर्ने भएको छ। यी कन्डक्टरहरू नेपालको दिर्दिङ–ढल्केबर र भारतको बथनाहा क्रसबोर्डर ट्रान्समिसन लाइनमा प्रयोग गरिनेछ। जुन ९०० मेगावाटको अरुण–३ जलविद्युत परियोजनाको एक भाग हो। ‘पहिलो पटक ४०० केभी एसीएसआर मुज कन्डक्टरहरू नेपालमा उत्पादन गरिँदैछ। यो विकासले देशको लागि एक प्रमुख प्राविधिक र औद्योगिक कोसेढुङ्गा प्रतिनिधित्व गर्दछ,’ लिटमसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सम्झौता हुनुअघि पावर ग्रिडले लिटमस इन्डस्ट्रिजको कारखाना र उत्पादन प्रणाली र गुणस्तरको विस्तृत निरीक्षण गरेको थियो। मूल्यांकनले उत्पादन प्रक्रिया, उत्पादन क्षमता, गुणस्तर नियन्त्रण र परीक्षण प्रणाली र समग्र कारखाना पूर्वाधारको समीक्षा गरेको लिटमसले जनाएको छ।
‘विस्तृत मूल्यांकनपछि लिटमस इन्डस्ट्रिजलाई परियोजनाको लागि कन्डक्टरहरू आपूर्ति गर्न योग्य एक मात्र नेपाली निर्माताको रूपमा अनुमोदन गरिएको छ। जुन राष्ट्रको लागि गर्वको कोसेढुङ्गा हो,’ कम्पनीले भनेको छ।

ढल्केबर–बथनाहा प्रसारण लाइन अरुण–३ जलविद्युत परियोजनासँग सम्बन्धित एक प्रमुख सीमापार लिंक हो। जुन नेपालको सबैभन्दा महत्वपूर्ण ऊर्जा विकासहरू मध्ये एक हो। ९०० मेगावाटको यो परियोजनाले नेपालको ऊर्जा सुरक्षालाई सुदृढ पार्न केन्द्रीय भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसले औद्योगिक वृद्धिलाई सहयोग गर्ने र नेपाल र भारत बीचको बिजुली व्यापार विस्तार गर्ने अपेक्षा गरिएको छ।

लिटमस इन्डस्ट्रिजले पहिला हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन परियोजनाको लागि नेपाल विद्युत प्राधिकरणलाई ३६० किलोमिटर ४०० केभी एसीएसआर मुस कन्डक्टर उत्पादन तथा आपूर्ति गरेको थियो। यो नेपालको सबैभन्दा महत्वपूर्ण घरेलु प्रसारण कोरिडोरहरू मध्ये एक हो।

रमेश कर्पअन्तर्गतको लिटमस तार, केबल र कन्डक्टर उद्योगमा नेपालको सबैभन्दा ठूलो निर्माता हो। कम्पनीसँग १९७७ देखि चार दशकभन्दा बढीको लामो समयको अनुभव छ। कम्पनीले मध्यम भोल्टेज कभर्ड कन्डक्टर, एरियल बन्च्ड केबल, कम भोल्टेज पावर केबल र औद्योगिक र पूर्वाधार परियोजनाहरूको लागि केबलहरू उत्पादन गर्दै आएको छ। यसले अन्य केबलहरु पनि उत्पादन गर्छ।

लिटमसले बुटवल र नवलपरासीमा गुणस्तर नियन्त्रण प्रयोगशालासहित दुई अत्याधुनिक उत्पादन सुविधाहरू सञ्चालन गर्दछ। जसमा नेपालको पहिलो आल्मुनियम रड उत्पादन प्लान्ट पनि समावेश छ।

प्रकाशित: २०८२ फाल्गुण १३ गते बुधबार ०६:२७
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना