काठमाडौँ: बुधबार एकैदिन सुनको मूल्य ११ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ३ लाख २८ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य यसदिन ३ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।
बुधबार चाँदी तोलामा २७५ रुपैयाँ घटेर प्नतितोला ५ हजार ५४० रुपैयाँमा किनबेच भैरहेको छ।


