काठमाडौं। अमेरिका र इजरायलले इरानमाथि जारी राखेको आक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर आकासिएको छ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर प्रतिब्यारेल ११८ डलर माथि पुगेको छ। सोमबार बिहान कच्चा तेलको भाउ ब्यारेलको ११४ डलर थियो। पछिल्लो पाँच वर्षयता सबैभन्दा उच्च मूल्य हो। त्यसपछि निरन्तर घटेर ५५ डलरमा आएको थियो।
तर, अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको भाउको ग्राफ बढ्दै गएको आयल प्राइस डटकमले जनाएको छ। मुरवान क्रुडमा कच्चा तेलको भाउ बढ्दा ब्रेन्ट क्रुड र डल्युटीआई क्रुडमा बिहानको तुलनामा घटेको आयल प्राइस डटकमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढेकाले नेपालमा पनि यसको ठूलो असर पर्ने देखिएको छ। नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ आकासिने र यसले मूल्य बढाउने संभावना छ।


