काठमाडौं – भारतको राष्ट्रिय टिमले पाकिस्तानमा खेल्न नमानेपछि सुरु भएको एसिया कप विवादको समाधान भएको छ। एसिया कप २०२३ को मितिसँगै सहआयोजकको टुंगो लागेपछि यो विवाद सकिएको हो। यससँगै अनिश्चित बनेको एसियापको आयोजना अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुने भएको छ।
आईसीसीले बिहीबार वक्तव्य जारी गर्दै पाकिस्तानमा चार र श्रीलंकामा बाँकी ९ खेल हुने जानकारी दिएको हो।
नेपालले अब पहिलो पटक एसिया कप खेल्ने भएको छ। नेपाल भारत र पाकिस्तानको समूह ए मा रहेको छ। सहभागी छ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। सो समूहका दुईदुई समूहमा सेमीफाइनलमा स्थान बनाउने छन्। समूह एमा भारत र पाकिस्तासँगै नेपाल रहेको छ।
नेपालको त्रिवी र मुलपानी क्रिकेट मैदानमा सम्पन्न एसीसी प्रिमियर कपको उपाधि जितेर नेपाल एसिया कपमा पुगेको थियो।


