२०८३ कार्तिक ११ गते मङ्गलबार

‘माईपे’मार्फत अनलाइन जुवा खेलाउँदै ‘टिम इलाभेन’, अधिकांश बैंकबाट सजिलै भुक्तानी

 |  किशोर दाहाल
Sanket

किशोर दाहाल

काठमाडौँ, असार १
my_pay

काठमाडौँ– नेपालमा अनलाइन वेटिङ, सट्टेबाजी तथा अनलाइन जुवा अवैध छ। तर, अझै पनि खुलेआम अनलाइन वेटिङ भइरहेको छ। आईपीएल तथा प्रिमियर लिगका नाममा अनलाइन फेन्टासीमार्फत जुवा खेलाउने अवैध क्रियाकलापले तीव्रता पाएको हो।

पछिल्लो समय कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएरै गैरकानुनी गतिविधि गर्ने क्रम काम सुरु भएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता नम्बर २९३३४८/२०७८-०७९ कायम भएको फेन्टासी नेपाल नाममा टिम इलाभेनले अनलाइन सट्टेबाजी गर्दै आएको छ। उक्त कम्पनी २०७८ असार २० गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको देखिन्छ।

फेन्टासीसम्बन्धी गतिविधि सञ्चालन गर्ने भन्दै प्रबन्धपत्र तथा नियमावली तयार गरेर कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरिएको छ। नेपालको जुवा ऐन २०२० ले सम्पत्ति हार्ने वा जित्ने कुनै संयोगका आधारमा बाजी थापेको आधारमा खेलिने कुनै पनि खेललाई जुवा भनी परिभाषित गरेको छ। नेपाल सरकारको अनुमति लिएर आयोजना गरिएको कुनै पनि चिठ्ठा र मनोरञ्जनका लागि कुनै पनि सार्वजनिक मेला वा प्रदर्शनीमा राखिएको खेललाई जुवा भन्न नमिल्ने भनी परिभाषित गरिएको छ। अनलाइनमार्फत गरिने सट्टेबाजीसमेत जुवाकै परिभाषाभित्र पर्ने देखिन्छ।

कानुनले नै जुवा भनी तोकिएको गतिविधि कम्पनी दर्ता भएर वा दर्ता नभएर सञ्चालन हुन गैरकानुनी कार्य हो। प्रबन्धपत्र तथा नियमावलीमा नै तोकेर त्यस्ता गतिविधि सञ्चालन गर्ने कम्पनीलाई इजाजत दिन आफैंमा कानुन विपरीत देखिन्छ। फेन्टासी नेपाललाई कम्पनी रजिस्ट्रार कार्यालयले कसरी अनुमति दिइयो भन्ने विषय शंकास्पद छ।

कम्पनीलाई सञ्चालन गर्न दिएको अनुमतिबारे कम्पनी रजिस्टार महेश बराल अनविज्ञता प्रकट गर्छन्। ‘यस विषयमा मलाई जानकारी छैन। अध्ययन नगरी यसबारे यसै भन्ने अवस्था छैन’, बरालले बताए।

कम्पनी रजिष्टार कार्यालयमा नै दर्ता भएरै टिम इलाभेन नामक कम्पनीले अनलाइन मार्फत आइपिएल तथा प्रिमियर लिगको बेटिङ गराइरहेको समाचार नेपाल क्लिक्सले यसअघि नै प्रकाशित गरिसकेको छ। त्यसबेला आईएमई पे र प्रभु पेलाई टिम इलाभेनले आफ्नो भुक्तानी पार्टर बनाएको थियो। यस विषयमा नेपाल क्लिक्सले यस विषयमा समाचार प्रकाशन गरेपछि नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आईएमईपे र प्रभु पेलाई कारोबारमा रोक लगाएको थियो।

आइपीएलका नाममा ‘डिजिटल जुवा’, सूचना पाएपछि भुक्तानी रोक्न राष्ट्र बैंकको निर्देशन

 

राष्ट्र बैंकले भुक्तानीमा रोक लगाएपनि गैरकानुनी रुपमा संचालन भइरहेको टिम इलाभेनबारे सुरक्षा निकायहरुले चासो नदिएपछि पुन: कम्पनीले नयाँ भुक्तानी सेवा प्रदायकमार्फत कारोबार गरिरहेको छ। प्रभु पे र आईएमई पे मार्फत भुक्तानी गर्न नपाएपछि कम्पनीले क्युआर कोड प्रयोग गर्ने चलाखीपूर्ण उपाय खोजी गरेको थियो। उसले उक्त उपाय अपनाएर नै आपिएलभरी आफ्नो गतिविधि जारी राखेको छ। यस पटक टिम इलाभेनले भक्तपुरको राधेराधेस्थित कार्यालय रहेको ‘माई पे’ नामक भुक्तानी प्रदायक मार्फत कारोबार गरिरहेको छ। टिम इलाभेनले माईपे खाता राखेर क्युआर कोड बनाएको छ।

माईपेको नेटवर्क फोनपे मार्फत सञ्चालित छ। उक्त क्युआरमा एफवान सफ्ट अन्तर्गतका मोबाइल बैंकिङ प्रयोग गरिरहेका अधिकांश बैंक तथा वित्तीय संस्था मार्फत भुक्तानी गर्न मिल्छ। टिम इलाभेनका कर्मचारीहरु भने विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत कारोबार भइरहेको बताउँछन्। ‘हामीले अहिले सिद्धार्थ बैंक मार्फत कारोबार गरिरहेका छौं’, टिम इलाभेनका एक कर्मचारीले बताए।

सिद्धार्थ बैंकमा टिम इलाभेनको कुनै पनि खाता भेटिँदैन। सिद्धार्थ बैंकका कर्मचारीसँग यस विषयमा जिज्ञासा राख्दा त्यस्तो प्रकृतिको बैंक खाता सञ्चालनमा नरहेको दाबी गरेको छ।

टिम इलाभेनका कर्मचारीको उक्त भनाई गलत पाएपछि नेपाल क्लिक्सको टिमले एक बैंकमार्फत रकम पठाएर बैंकसँग खाताको जानकारी मागेको थियो। उक्त बैंकले दिएको जानकारीनुसार हामीले पठाएको रकम नेपाल फेन्टेसी गेम प्राइभेट लिमिटेडको नाममा रहेको माई पेको वालेटमा जम्मा भएको देखिन्छ। ‘तपाईको खाताको रकम फेन्टेसी गेम प्राइभेट लिमिटेडको नाममा रहेको माई पेको वालेटमा जम्मा भएको छ’, उक्त बैंकका कर्मचारीले बताए।

 

माई पे भुक्तानी सेवा प्रदायक कम्पनी सन् २०२१ देखि सञ्चालनमा आएको कम्पनी हो। उक्त कम्पनी नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त कम्पनी हो। यसले आफ्नो वालेट मार्फत भुक्तानीसम्बन्धी सेवा दिँदै आइरहेको छ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणालीका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाहरुले अवैध कार्य गर्न नमिल्ने तथा गरेको पाएमा कानुन बमोजिम कारवाही हुने बताउँछन्। ‘नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त कुनै पनि संस्थाहरुले यस्ता कुनै पनि अवैध गतिविधिमा संलग्न हुन मिल्दैन। यस्ता गतिविधिमा संलग्न भएकोमा पाएमा कानुन बमोजिम कारबाही हुन्छ’, पौडेलले भने। टिम इलाभेनको कारोबार माईपे मार्फत भए/नभएको विषयमा छानबिन गर्न समेत राष्ट्र बैंक तयार रहेको पौडेल बताउँछन्।

बैंक तथा वित्तीय संस्थाहरु मोबाइल बैंकिङ मार्फत यस्ता आपराधिक गतिविधिमा हुने भुक्तानी र कारोबार पत्ता लगाउन निकै कठिन हुने गरेको उनी बताउँछन्। राष्ट्र बैंक वा भुक्तानी सेवा प्रदायकहरुले मात्रै यस्ता अवैध गतिविधि नियन्त्रण गर्न सम्भव देखिँदैन। यसका लागि सम्बन्धित सबै निकायहरु सबै निकायको प्रयास जरुरी छ।

गैरकानुनीरुपमा अनलाइन जुवा खेलाउने टिम इलाभेनजस्ता कम्पनीका कारोबार नेपाल सरकार र गृहप्रशासनको सबैभन्दा महत्वपूर्ण हात हुने जानकारहरु बताउँछन्। यसका लागि कम्पनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्ता वित्तीय स्क्यामहरु रोक्नका लागि गृहप्रशासनको सहयोग लिन सक्छ। तर, मन्त्रालयले यसबारे खास चासो दिएको पाइँदैन।

भारतमा रहेको ड्रिम्स इलाभेन नामक अनलाइन फेन्टासी बेटिङ गेम छ। त्यहीँबाट प्रभावित भएर उस्तै प्रकृतिको टिम इलाभेन नेपालमा पनि लन्च भएको देखिन्छ। यद्यपि केही समयअघि भारतले फेन्टासीलगायतका अनलाइन बेटिङलाई नियमन गर्न कानुनी व्यवस्था गरिसकेको छ।

सन् २०१२ बाट भारतमा सञ्चालनमा आएको ड्रिम्स ११ ले सन् २०१७ बाट निरन्तर रूपमा भारतका विभिन्न अदातलमा मुद्दा खेपेको थियो। २०२२ सेप्टेम्बर १४ त्यहाँको सर्वोच्च अदालतले यसलाई ‘सिपमा आधारित खेल’ भनेपछि भारतले कानुन निर्माण गरी नियमनको आधार बनाएको हो।

नेपालमा अझैपनि यससम्बन्धी कानुनी व्यवस्था नभएकाले वैधता पाउन बाँकी छ। तर वैध नभएको प्रकृतिको खेल खेलाउन भने सरकारी निकायबाट अनुमति लिइसकिएको कम्पनीको दाबी छ। टिम इलाभेन कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई प्रबन्धपत्र नियमावलीमा अनलाइन गेम खेलाउनका लागि इजाजत लिएको उसको दाबी छ। विना कानुनी आधार कम्पनी रजिस्ट्रार कार्यालयबाट उक्त कम्पनीले इजाजत पाएको विषय संशयको घेरामा परेको छ।

प्रकाशित: २०८० असार १ गते शुक्रबार ०९:५९
Sanket

किशोर दाहाल

दाहाल अर्थराजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना