पोखरा: काठमाडौँमा सम्पन्न मेगा सेल्स तथा एक्सचेन्ज कार्निभलको सफलतापछि विद्युतीय सवारी साधनको आधिकारिक वितरक सीजी मोटर्सले पोखरामा मेगा सेल्स तथा एक्सचेन्ज क्याम्प आयोजना भएको छ।
क्याम्प बुधबार (चैत ११) देखि १४ गतेसम्म पोखराको अर्चलबोटस्थित सीजी मोटर्समा सञ्चालन हुनेछ।
क्याम्पमा एआइओएन र एक्सपेङ ब्रान्डका विद्युतीय सवारी नजिकबाट अवलोकन तथा परीक्षण गर्न सकिनेछ। ग्राहकले नगद छुट, साटफेर बोनस, तुरुन्तै वित्तीय सुविधा, एक वर्षको अटो प्लस बीमा, वालमा जडान हुने घरायसी चार्जर र चालु आर्थिक वर्षको सडक करजस्ता सुविधाको लाभ लिन सक्नेछन्। कार्यक्रम अवधिभर दैनिक लक्की ड्रको पनि व्यवस्था गरिनेछ।
आयोजकका अनुसार ग्राहकलाई विशेष अफर, परीक्षण सवारी र सवारी स्तरोन्नति अनुभव प्रदान गर्दै विद्युतीय सवारी प्रयोगलाई सहज बनाउने उद्देश्य राखिएको छ।
सीजी मोटर्सले इच्छुक ग्राहकलाई क्याम्पमा सहभागी भई सीमित अवधिका सुविधाको लाभ लिन आग्रह गरेको छ।


