काठमाडौँः बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको हो।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको थियो।
यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


