भारतको आइसर मोटर्स लिमिटेडअन्तर्गतको रोयल इनफिल्डले नयाँ मोटरसाइकल गुरिल्ला ४५० सार्वजनिक गरेको छ। मोटरसाइकलको अद्यावधिकहरूसँगै नयाँ एपेक्स भेरियन्ट पनि प्रस्तुत गरिएको छ। जसको बुकिङ तुरुन्तै खुल्ने बताइएको छ।
खुद्रा बिक्री मार्च ३१ देखि सुरु हुने कम्पनीले जनाएको छ। मोटरसाइकलमा मुख्य थप गुरिल्ला ४५० एपेक्स हो, जुन स्ट्रिट पर्फर्मेन्स रोडस्टरको स्पोर्टी, बढी सडक केन्द्रित संस्करणको रूपमा राखिएको छ।
एपेक्स भेरियन्टमा नयाँ १७ इन्चको भ्रेडस्टाइन सेन्चुरो एसटी टायर, कम ह्यान्डलबारसहितको अगाडि झुक्ने राइडिङ स्ट्यान्स र नयाँ रङ विकल्पहरूः एपेक्स रातो, कालो र हरियो सहितको ताजा स्टाइलिङ तत्वहरू समावेश गरिएका छन्।
कम्पनीले राइड मोड रिटेन्सन पनि प्रस्तुत गरेको छ। जसले सवारहरूलाई स्ट्रिट र स्पोर्ट मोडहरूबीच निर्वाध रूपमा स्विच गर्न अनुमति दिन्छ। विद्यमान ड्यास र फ्ल्यास भेरियन्टहरूलाई पनि राम्रो पकडको लागि डिजाइन गरिएको सुधारिएको सियट टायरहरूद्वारा अपग्रेड गरिएको छ। ड्यास भेरियन्टमा नयाँ ट्वाइलाइट ब्लूू कलरवे पनि समावेश गरिएको छ।
गुरिल्ला ४५० शेर्पा प्लेटफर्म इन्जिनद्वारा सञ्चालित छ। जसले ४० पिएस र ४० एनएम प्रदान गर्दछ। एपेक्सको मूल्य भारतमा २.४९ लाखदेखि २.५६ लाख भारु छ। यस्तै ड्यासको ४९ लाखदेखि २.६७ लाख र फ्ल्यासको २.७२ लाख भारु तोकिएको छ।
रोयल इन्फिल्डको नेपालमा राम्रो बजार रहेको छ। त्रिवेणी ग्रुपले रोयल इन्फिल्ड मोटरसाइलकको एसेम्बल र बिक्रीवितरण गर्दै आएको छ।


