२०८३ कार्तिक १३ गते बिहिबार

आठ वर्षदेखि अलपत्र दोदा नदीमा पक्की पुल निर्माण

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार २
kanchanpur-doda-river-bridge

कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र छ। निर्माण सुरु भएको आठ वर्षमा उक्त पुलका तीन पिल्लर मात्रै ठडिएका छन्। वर्षौंदेखि देखतभुली–पर्सिया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन्। २६ पुस २०७२ मा तीन वर्षभित्र सक्ने गरी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो।

त्यसपछि पटक पटक म्याद थप हुँदा पनि अहिलेसम्म पक्की पुल निर्माण हुन सकेको छैन। पक्की पुलको पिल्लरको फाउन्डेसन परीक्षणका क्रममा त्रुटि देखिएपछि निर्माण रोकिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पियुष चटौतले जानकारी दिए। ‘निर्माणका क्रममा प्राविधिक त्रुटि देखिएपछि काम रोकिएको हो, त्यसपछि पुलको नयाँ डिजाइन गरिएको छ’, उनले भने, ‘बारम्बार ताकेता गर्दा पनि अझै पुल निर्माण सुरु भएको छैन।’

उक्त पक्की पुल २४ करोड ५२ लाखको लगानीमा निर्माण भइरहेको थियो। यसमध्ये अहिलेसम्म १२ करोड रकम भुक्तानी भइसकेको छ। त्रुटि देखिएपछि सोही पुलको नजिकै अर्को पुल बनाउने भनेर निर्माण कम्पनीले २०७८ मा डिजाइनसमेत बनाएको थियो। त्यसपछि अझै पुल निर्माणको काम अघि बढ्न सकेको छैन।

पक्की पुल निर्माण नहुँदा स्थानीय काठको अस्थायी पुलमा पैसा तिरेर नदी ओहोरदोहोर गर्ने गर्छन्। ‘पक्की पुल निर्माण नहुँदा वर्षौंदेखि नदी तर्न काठको पुलको पुल प्रयोग गर्दै आएका छौं। यो पुल पनि अब जीर्ण बन्दै गएको छ’, शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानाले भने, ‘पक्की पुल निर्माण नहुँदा निकै सास्ती छ।’

दोदा नदीमा पक्की पुल नहुँदा वर्षौंदेखि यहाँका स्थानीय शुल्क तिरेर काठको अस्थायी पुलमा यात्रा गर्ने गरेको लालझाडी गाउँपालिका–४ सिखलपट्टीका कमल साउदले बताए। ‘वर्षौं भइसक्दा पनि शुल्क तिरेर काठको पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन। पक्की पुल भएर आउजाउ पर्ने सपनै छ’, उनले भने, ‘चुनावमा जहिले पनि नेताहरू पुल बनाउँछु भन्छन्, जितेर गएपछि बिर्सिन्छन्।’

स्थानीयले काठको पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको ३० शुल्क तिर्ने गरेका छन्। बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कविच्छेद हुन्छ। मंसिरदेखि जेठसम्म मात्रै काठको जीर्ण पुलको सहायताले नदी वारपार गर्न सकिन्छ। दोदामा पक्की पुल निर्माण भए दक्षिणी क्षेत्रलाई मूलधारमा जोड्नुका साथै स्थानीयलाई सहज हुने लालझाडी गाउँपालिका–४ का सेमलाल रानाले बताए। ‘चाँडो पक्की पुल निर्माण हुनुपर्छ, यसले जिल्लाको दुर्गम दक्षिणी क्षेत्रलाई मूलधारसँग जोड्ने छ’, उनले भने, ‘यसले यहाँका स्थानीयलाई आवतजावतमा पनि सहजता थप्नेछ।’

प्रकाशित: २०८० असार २ गते शनिवार ०२:५५
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना