२०८३ कार्तिक २३ गते आईतबार

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स, अफलाइनमै जाँच गर्न सकिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ८
photo-1_3d516460

काठमाडौँ: सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ स्मार्ट सवारीचालक अनुमतिपत्रलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र प्रविधियुक्त बनाइएको जनाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार नयाँ स्मार्ट लाइसेन्स पूर्णरूपमा अन्तरराष्ट्रियस्तरको ‘आईएसओ ७८१० आइडी–१’ मापदण्डअनुसार तयार गरिएको छ।

‘विगतमा प्रयोग गरिएको प्रणालीमा रहेको ‘स्मार्ट चिप’को पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन—अफलाइन प्रमाणीकरण प्रणाली जस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको व्यावहारिक उपयोगिता न्यून रहनुका साथै विदेशी विज्ञको सहयोगमा निर्भर हुनु पर्दा सृजित जोखिम न्यूनिकरण गर्न हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेयर्ड र कपी—प्रोटेक्टेड बौद्धिक क्यूआर प्रविधि अवलम्बन गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयका अनुसार विगतमा प्रयोग गरिएको स्मार्ट चिप प्रणाली आवश्यक पूर्वाधारको अभावका कारण प्रभावकारी हुन नसकेको र विदेशी प्राविधिकमा निर्भरता बढाएको थियो। यही अवस्थालाई सुधार गर्न अहिले उच्च सुरक्षायुक्त कोड इन्क्रिप्टेड, लेयर्ड र कपी—प्रोटेक्टेड ‘बौद्धिक क्यूआ प्रविधि प्रयोगमा ल्याइएको हो।

यस प्रविधिबाट इन्टरनेट बिना नै ट्राफिक प्रहरी वा सम्बन्धित निकायले कार्ड स्क्यान गरी तुरुन्तै चालकको पहिचान प्रमाणीकरण गर्न सक्नेछन्।
नयाँ अनुमतिपत्रमा ३९ प्रकारका सुरक्षा विशेषता समावेश गरिएको मन्त्रालयले जनाएको छ।

पहिलो तहमा सामान्य आँखाले देख्न सकिने मेटालिक सिल्भर इंक, मेसिनले पढ्न सक्ने जोन (एमआरजेड) तथा फोटोसँग जोडिएका विशेष सुरक्षण ढाँचाहरू छन्। दोस्रो तहमा भने विशेष उपकरणमार्फत मात्र देखिने अदृश्य युभी मसी र ‘इन्फ्रारेड एब्जोप्र्सन’ प्रविधि प्रयोग गरिएको छ। तेस्रो वा फोरेन्सिक तहमा प्रयोगशालामा मात्र परीक्षण गर्न सकिने ‘डिजिटल फिंगरप्रिन्ट’ र प्रोप्राइटरी रसायनिक हस्ताक्षरजस्ता उच्चस्तरीय सुरक्षा संयन्त्र राखिएको जनाइएको छ। प्रत्येक कार्डको डिजाइन अर्को भन्दा फरक हुने भएकाले एक कार्ड अर्को कार्डसँग पूर्णतः भिन्न हुने र यसले नक्कली बनाउने सम्भावना न्यून बनाएको दाबी गरिएको छ।

सम्पूर्ण उत्पादन प्रक्रिया एन्ड—टु—एन्ड अफलाइनु प्रणालीमा आधारित भएकाले डेटा चुहावटको जोखिम नरहेको र नागरिकको गोपनीयता सुरक्षित रहने दाबी गरिएको छ। क्यूआर कोडको वैधता कार्डको अवधि भर कायम रहने जनाइएको छ।

मन्त्रालयले यस परियोजनामा सहयोग पुयाउने सबै निकाय, सञ्चार क्षेत्र र नागरिकप्रति आभार व्यक्त गर्दै छपाइ तथा वितरणबारे सुझाव र जिज्ञासाका लागि सधैँ खुला रहने जनाएको छ।

प्रकाशित: २०८३ बैशाख ८ गते मङ्गलबार १०:४९
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना