२०८३ कार्तिक २३ गते आईतबार

स्मार्ट टेलिकम खरिद विवादः एनसेलले माग्यो एनआईएमबीसँग चार अर्ब ६० करोड फिर्ता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १
ncell_logo

काठमाडौँः स्मार्ट टेलिकमका टावर तथा दूरसञ्चार उपकरण लिलाममार्फत खरिद गरेको एनसेल आजियटा लिमिटेडले अब आफूले तिरेको रकम फिर्ता माग्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लाई औपचारिक पत्र पठाएको छ।

एनसेलले वैशाख २९ मा बैंकलाई ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्न आग्रह गरेको हो।

यसअघि स्मार्ट टेलिकमको लाइसेन्स खारेज भइसकेपछि उसका टावर, नेटवर्क उपकरण तथा अन्य सम्पत्ति कर्जा असुली प्रक्रियाअन्तर्गत लिलाममा राखिएका थिए। सार्वजनिक सूचनामार्फत भएको उक्त प्रक्रियामा एनसेलले सबैभन्दा उच्च बोलकबोल गरेपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्राइम कमर्सियल बैंकले बिक्री प्रक्रिया अघि बढाएका थिए।

एनसेलले भने आफू सार्वजनिक रूपमा आह्वान गरिएको पारदर्शी लिलाम प्रक्रियामा सहभागी भएर कानुनी ढंगले उपकरण खरिद गरेको जानकारी दिएको छ। कम्पनीका अनुसार, खराब कर्जा उठाउन बैंकले गरेको लिलाममा सहभागी भएर तोकिएको रकम बुझाए पनि अहिले उपकरणको स्वामित्व हस्तान्तरण हुन नसकेको अवस्था सिर्जना भएको छ।

सीईओ पक्राउपछि बैंकिङ क्षेत्रमा तरंग, ‘कर्जा असुलीलाई अपराध मान्दा वित्तीय प्रणाली जोखिममा’

यता, स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान जारी राखेको छ। अनुसन्धानकै क्रममा स्मार्ट टेलिकमका अध्यक्षसँगै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरिएपछि सरकारी कदमबारे विभिन्न क्षेत्रबाट प्रश्न उठ्न थालेका छन्।

बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार, ऋणीले कर्जा भुक्तानी गर्न नसकेपछि धितो सम्पत्ति लिलाम गरेर रकम असुल गर्नु बैंकको नियमित र कानुनी प्रक्रिया हो। तर, लिलामपछि स्वामित्व हस्तान्तरणमै अवरोध उत्पन्न हुँदा यो प्रकरण थप जटिल बनेको देखिएको छ।

स्मार्ट टेलिकम प्रकरणः अर्बौं निक्षेप जोखिममा, सम्पत्ति लिने सरकार ऋण दायित्वबाट पन्छिन मिल्छ?

 

प्रकाशित: २०८३ जेठ १ गते शुक्रबार ०१:११
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना