२०८३ कार्तिक २० गते बिहिबार

दाउन्नेको सास्ती अन्त्यतिर, नारायणघाट–बुटवल सडक विस्तार ९१ प्रतिशत सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ३
daunne sadak

काठमाडौँ: वर्षौँदेखि यात्रुका लागि हैरानीको विषय बनेको नारायणघाट–बुटवल सडकखण्ड विस्तार आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने यस सडकको निर्माण प्रगति ९१ प्रतिशत नाघिसकेको भन्दै सडक विभागले बाँकी काम छिट्टै टुंगिने दाबी गरेको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार आयोजनाका प्रमुख संरचनागत कामहरू लगभग सम्पन्न भइसकेका छन्। अहिले सडकलाई पूर्ण सञ्चालनयोग्य बनाउन आवश्यक फिनिसिङ, ट्राफिक सुरक्षासम्बन्धी पूर्वाधार, सेवा मार्ग तथा केही सहायक संरचनाको काम मात्रै बाँकी छ।

उनकाअनुसार जेठ १५ भित्र सडक निर्माण सम्पन्न गरिसक्ने र त्यसपछि यात्रा सहज हुनेछ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल नेतृत्वको टोलीले शनिबार नागढुंगा–नौबिसे र नारायणघाट–बुटवल सडकखण्डको स्थलगत निरीक्षण गरेपछि विभागले निर्माण प्रगतिको पछिल्लो अवस्था सार्वजनिक गरेको हो।

विशेषगरी दाउन्ने क्षेत्र ७ वर्षदेखि यात्रुका लागि बर्खायामको सबैभन्दा चुनौतीपूर्ण खण्ड बनेको थियो। सडक विभागका अनुसार अहिले त्यहाँ एकतर्फी दुई लेनमा पुनः कालोपत्रेको काम सम्पन्न भइसकेको छ भने थप एक लेन निर्माण तीव्र रूपमा अघि बढाइएको छ। विभागले जेठ १५ भित्र मुख्य निर्माण कार्य टुंग्याउने लक्ष्य राखेको जनाएको छ।

महानिर्देशक जैसीले यस वर्ष अघिल्ला वर्षजस्तो दाउन्ने क्षेत्रमा लामो जाम र सडक अवरोधको समस्या दोहोरिने सम्भावना न्यून भएको दाबी गरे। निर्माणका अधिकांश जटिल काम सम्पन्न भइसकेकाले यात्रुले राहत महसुस गर्न सक्ने उनको भनाइ छ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले १७ अर्बमा उक्त सडक विस्तारको ठेक्का पाएको थियो। २०७५ चैतबाट काम सुरु भए पनि समयमै सम्पन्न हुनसकेको थिएन। पछिल्लो समय २०८३ साउन ५ गतेसम्मका लागि चौथोपटक म्याद थप भएको थियो।

प्रकाशित: २०८३ जेठ ३ गते आईतबार ११:४५
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना