काठमाडौँ: नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले १८औँ संस्करण ‘नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।
प्रदर्शनी आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा सवारीसाधन, पार्टपूर्जा, वित्तीय सेवा तथा सम्बन्धित संस्थाहरूको सहभागिता रहनेछ।
नाडाले स्टल बुकिङ जेठ १८ गतेदेखि २६ गतेसम्मका लागि खुला गरेको छ। अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक र सेवा प्रदायकहरूलाई सहभागिताका लागि आग्रह गरिएको छ।
प्रदर्शनीमा नवीनतम प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछ। हजारौँ आगन्तुक, व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीको सहभागिता रहने अपेक्षा गरिएको छ।
नाडाका अनुसार स्टल बुकिङसम्बन्धी विस्तृत जानकारी व्यवस्थापक कम्पनीमार्फत प्राप्त गर्न सकिने छ।


