२०८३ कार्तिक २१ गते शुक्रबार

कर्नालीको नीति तथा कार्यक्रम सार्वजनिक, पर्यटन र कृषिमा आत्मनिर्भरतालाई प्राथमिकता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २०
SA_SURKHET_IMG_0712
सुर्खेत २० जेठ । कर्णाली प्रदेश सभाको बैठकमा कर्णाली सरकारको आव २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष पेश गर्नुहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल । तस्बिरः सुरेश आचार्य/रासस

काठमाडौँ: कर्नाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितमा मुख्यमन्त्री यामलाल कँडेलले बुधबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रस्तुत नीति तथा कार्यक्रममा ‘समृद्ध कर्नाली: सुखारी कर्नालीवासी’नारासहित कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको छ।

सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने नीति लिएको छ। ५ हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक खेती गर्ने कृषकलाई ब्याजमा शतप्रतिशत अनुदान दिने र ‘एक गाउँ, एक व्यावसायिक फलफूल बगैँचा’ कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरिएको छ। त्यस्तै, ‘रैथाने बाली, आत्मनिर्भर कर्नाली’ अभियान मार्फत स्थानीय उत्पादनको ब्रान्डिङ र बजार व्यवस्थापन गरिने उल्लेख छ।

स्वास्थ्य क्षेत्रतर्फ प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरिने नीति लिइएको छ। विद्यालय स्तरमा विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना जगाउन ‘लिटल डाक्टर’ कार्यक्रम सञ्चालन गरिनेछ। क्यान्सर, मुटु, मिर्गौला जस्ता जटिल रोगबाट ग्रसित बिरामीको उपचारमा सहायता प्रदान गर्ने र प्रदेशका अस्पतालहरूमा रगत निःशुल्क उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गर्ने कार्यक्रम समावेश गरिएको छ।

कर्नालीको पर्यटन क्षेत्रको विकासका लागि आगामी १० वर्षलाई ‘कर्नाली पर्यटन दशक’का रूपमा मनाउने घोषणा गरिएको छ। ‘संसारको गन्तव्य नेपाल: नेपालको गन्तव्य कर्नाली’ भन्ने नाराका साथ रारा, फोक्सुण्डो, लिमी जस्ता पर्यटकीय स्थलको प्रवर्द्धन गरी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरिने नीति सरकारको छ।

भौतिक पूर्वाधारतर्फ प्रदेशका सबै स्थानीय तहका केन्द्रलाई पक्की सडकले जोड्ने र रणनीतिक महत्वका सडकलाई तीव्रता दिने उल्लेख छ। ‘कर्नालीको पानी–जनताको लगानी’ अभियान मार्फत जलविद्युत आयोजनाहरूमा स्थानीय जनताको सेयर लगानीलाई प्रोत्साहित गरिनेछ। २० मेगावाट सम्मका जलविद्युत आयोजनाहरू निजी क्षेत्रसँगको साझेदारीमा निर्माण गरिने नीति लिइएको छ।

शिक्षा क्षेत्रमा १० वर्षे शिक्षा योजना तर्जुमा गरी कार्यान्वयन गरिने र सामुदायिक विद्यालयको भौतिक सुधारका साथै डिजिटल पूर्वाधार विस्तार गरिने कार्यक्रममा उल्लेख छ। ‘सरकारी-प्राज्ञिक साझेदारी’ मार्फत अनुसन्धान र विकासमा जोड दिइनेछ।

प्रकाशित: २०८३ जेठ २० गते बुधबार ०५:५४
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना