काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो खिम्ती जलविद्युत् केन्द्रको सेयर स्वामित्व हस्तान्तरण र आगामी दिनमा सञ्चालन तथा व्यवस्थापनका विषयमा छलफल अघि बढाउन बनेको वार्ता समितिको पुनर्गठन गरेको छ।प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो।
समितिले आयोजनाको स्वामित्व, नयाँ विद्युत् खरिद सम्झौता (पीपीए), रोयल्टी तथा कर भुक्तानीलगायत विषयमा प्रवद्र्धक कम्पनीसँग वार्ता गर्नेछ।
खिम्ती जलविद्युत् आयोजना निर्माण, सञ्चालन, व्यवस्थापन तथा हस्तान्तरण (बुट) मोडलअन्तर्गत हिमाल पावर लिमिटेडले प्रवद्र्धन गरेको हो। प्राधिकरण र हिमाल पावरबीच २०५१ मंसिर २९ मा पीपीए भएको थियो। सम्झौताअनुसार, बिजुली उत्पादन भएको २० वर्षपछि ५० प्रतिशत स्वामित्व प्राधिकरणको हुने उल्लेख छ।
आयोजनाले २०५७ असारदेखि व्यापारिक उत्पादन सुरु गरेको हो। यस आधारमा २०७७ असार २७ मा २० वर्ष पूरा भइसकेको छ।
खिम्ती आयोजनाको सबै सेयर बुटबल पावरले किन्यो, नर्वेजियन कम्पनी नेपालबाट बाहिरियो
खिम्ती प्रथम आयोजना निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा निर्माण भएको हो। त्यसबेला आयोजना १४ करोड २० लाख डलरमा निर्माण भएको थियो। आयोजना निर्माणका बेला एक डलर बराबर ५२ रुपैयाँ थियो।विद्यमान सम्झौताअनुसार व्यावसायिक उत्पादन थालेको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व विद्युत् प्राधिकरणमा हस्तान्तरण हुनुपर्ने व्यवस्था छ।
तर, विविध कारणले हस्तान्तरण हुन सकेको छैन । यससँगै आयोजनाबाट उत्पादित विद्युतको नयाँ खरिद दर निर्धारण, रोयल्टी तथा कर सम्बन्धी व्यवस्थालाई पनि टुंगो लगाउनुपर्नेछ।
खिम्ती आयोजना बीपीसीले किन्यो
काठमाडौं। नर्वेजियन कम्पनी अन्तत ६० मेगावाटको खिम्ती प्रथम आयोजनाबाट बाहिरिएको छ। खिम्ती आयोजना सञ्चालन गरिरहेको हिमाल पावर लिमिटेडमा रहेको आफ्नो सबै स्वामित्व बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) लाई बिक्री गरेर स्टाटक्राफ्ट होल्डिङ सिंगापुर प्रालि र इभिनी एएस नर्वेले हिमाल पावरबाट बाहिरिएको हो।
हिमाल पावरमा बीपीसीको १७ प्रतिशत सेयर रहेको छ। नर्वेजियन कम्पनीको बाँकी रहेको ८३ प्रतिशत सेयर बीपीसीले किनेर पुरै स्वामित्व आफूमा लिएको छ। बुटवल पावरले हिमाल पावरको १ करोड ४६ लाख ६२ हजार ७८७ कित्ता सेयर किन्ने सम्झौता गरेको छ।
हिमाल पावरमा १ करोड ७६ लाख ४१ हजार ४३९ कित्ता सेयर रहेको बीपीसीले जारी गरेको सूचनामा उल्लेख छ। जसअनुसार बीपीसीले हिमाल पावरमा स्टाटक्राफ्ट होल्डिङ सिंगापुरको १ करोड ६८ हजार १७६ र इभिनी एएसको नाममा रहेको ४५ लाख ९४ हजार ६११ कित्ता सेयर खरिद गर्ने निर्णय गरेको हो।


