२०८३ कार्तिक १३ गते बिहिबार

राजनीतिक सुदृढीकरणको नयाँ मार्गः पार्टी सदस्यताका लागि सामान्य योग्यता परीक्षा

 |  कल्याण पौडेल
Sanket

कल्याण पौडेल

काठमाडौँ, जेठ २४
kalyan

नेपालको राजनीतिक इतिहासमा दलहरूले जनपरिचालन, व्यवस्था परिवर्तन र नागरिक अधिकारप्राप्तिको लडाइँमा अतुलनीय योगदान दिएका छन्।

तर, व्यवस्था बदलिएर देश विकास र समृद्धिको चरणमा प्रवेश गरिसक्दा पनि हाम्रा राजनीतिक दलहरूको आन्तरिक संरचना, कार्यकर्ता भर्ती केन्द्र र सदस्यता वितरण प्रणाली भने पुरानै भीड जम्मा गर्ने धरातलमै उभिएको देखिन्छ। चुनाव जित्न र शक्ति प्रदर्शन गर्नका लागि जो कोहीलाई जथाभाबी सदस्यता बाँड्ने र नवीकरण गर्ने परिपाटीले राजनीतिमा परिपक्वता भन्दा पनि विकृति बढाएको छ।

यस्तो अवस्थामा, राजनीतिक दलहरूले आफ्नो पार्टीको नयाँ सदस्यता दिने र पुरानाको नवीकरण गर्ने दौरानमा समर्थक तथा कार्यकर्ताहरूका लागि ुराज्य सञ्चालनको नीतिको सामान्य योग्यता परीक्षा लिने व्यवस्था सुरुवात गर्नु अपरिहार्य भइसकेको छ। यो कदम नेपालको राजनीतिलाई विचारहीन भीडबाट मुक्त गरी नीतिगत रूपमा सक्षम र सचेत नागरिकहरूको साझा थलो बनाउने प्रस्थानविन्दु बन्न सक्छ।

१. गुणात्मक कार्यकर्ताको निर्माणः

अहिलेसम्म नेपालका दलहरूमा संख्यात्मक प्रतिस्पर्धा छ— कसको पार्टीमा कति लाख सदस्य छन् भन्ने कुरालाई प्रतिष्ठाको विषय बनाइन्छ। तर, ती लाखौँ सदस्यहरूमध्ये कतिलाई देशको संविधान, पार्टीको सिद्धान्त, र राज्य सञ्चालनका आधारभूत नीतिहरूको ज्ञान छ? यसको उत्तर निराशाजनक छ।

सदस्यता लिनुअघि एउटा सामान्य परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गर्दा दलहरूले केवल ताली बजाउने र नारा लगाउने कार्यकर्ता मात्र पाउने छैनन्। बरु देशको अर्थतन्त्र, परराष्ट्र नीति र शासन प्रणाली बुझेका बौद्धिक र जिम्मेवार कार्यकर्ताहरूको निर्माण हुनेछ।

२. नीतिगत साक्षरता र नागरिक सचेतना

एउटा राजनीतिक कार्यकर्ता भोलिको जनप्रतिनिधि, मन्त्री वा देशको नीति निर्माता हो। जसलाई राज्यको मूल कानुन संविधान, संघीयताको मर्म, बजेट निर्माणको प्रक्रिया, र विकासका प्राथमिकताहरूका बारेमा आधारभूत ज्ञान नै हुँदैन, उसले भोलि सत्तामा पुगेर कस्तो नीति बनाउला भन्ने प्रश्न छ।

सदस्यता वितरणको समयमा लिइने सामान्य योग्यता परीक्षाले कार्यकर्ताहरूलाई अध्ययनशील बनाउँछ। यसले पार्टीभित्र अध्ययन संस्कृतिको विकास गर्नेछ र कार्यकर्ताहरूलाई अन्धभक्त हुनबाट रोकी नीतिगत रूपमा प्रश्न गर्न सक्ने सक्षम बनाउनेछ।

३. चाकडी र गुटबन्दीको अन्त्य

अहिले दलहरूमा नेतृत्वको निकट भएकै भरमा, चाकडी गरेकै भरमा वा गुटको फेर समातेकै भरमा सदस्यता पाउने र टिकट पाउने विकृति व्याप्त छ। यदि राज्य सञ्चालनको न्यूनतम ज्ञानलाई मापदण्ड बनाएर परीक्षा लिने हो भने योग्यता भएका, क्षमतावान् तर पहुँच नभएका युवा तथा बौद्धिक व्यक्तित्वहरू राजनीतिमा आकर्षित हुनेछन्। यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँछ र गुटबन्दीको राजनीतिलाई कमजोर पार्छ।

४. जिम्मेवार र जबाफदेही राजनीतिक नेतृत्व

जब तल्लो तहदेखि नै योग्यता प्रणाली लागू हुन्छ, तब मात्रै माथिल्लो तहमा सक्षम नेतृत्व पुग्न सक्छ। योग्यता परीक्षाले कार्यकर्ताहरूमा देश र जनताप्रतिको जिम्मेवारी बोध गराउँछ। दलहरूले आफ्ना सदस्यहरूलाई राज्यका मुख्य नीतिहरू— जस्तै शिक्षा, स्वास्थ्य, रोजगारी, र पर्यावरणका क्षेत्रमा राज्यले लिएका लक्ष्यहरूबारे सचेत गराउन सके उनीहरूले समाजमा गर्ने नेतृत्व पनि परिपक्व र जबाफदेही हुनेछ।

निष्कर्षः

राजनीति भनेको केवल सत्ता प्राप्तिको भर्‍याङ मात्र होइन, यो त राज्य सञ्चालनको मार्गदर्शक नीति पनि हो। त्यसैले, राजनीतिक दलहरूले अब पुरानो ढर्रा बदलेर आफूलाई पोलिसी थिंक ट्यांकका रूपमा रूपान्तरण गर्नुपर्छ।

आसन्न सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको यो समय दलहरूका लागि एउटा ऐतिहासिक अवसर हो। आफ्नो संगठनलाई विचार, नीति र योग्यताका आधारमा पुनर्गठन गर्नका लागि राजनीतिक दलहरूले राज्य सञ्चालन योग्यता परीक्षाु लाई एउटा अनिवार्य सर्त बनाउन ढिलाइ गर्नु हुँदैन।

राजनीति सफा गर्ने हो भने सुरुवात पार्टीको जग कार्यकर्ताबाटै हुनुपर्छ।
(लेखक त्रिभुवन बिश्वविद्यालयमा समाजशास्त्र विषय अध्यापन गर्नुहुन्छ। सिक्किम प्रोफेसनल युनिभर्सिटीमा पिएचडी अध्ययन गर्दैहुनुहुन्छ।)

प्रकाशित: २०८३ जेठ २४ गते आईतबार १०:५२
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना