२०८३ कार्तिक २१ गते शुक्रबार

इप्पान निर्वाचन: भ्लोन समूहको एजेन्डा पीपीए खुलाउनेदेखि निजी क्षेत्रलाई विद्युत व्यापारसम्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २८
uttam_vlon

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उत्तम भ्लोन लामा नेतृत्वको प्यानलले ‘इप्पान भिजन २०२९’ अन्तर्गत विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। प्यानलले ऊर्जा क्षेत्रका नीतिगत सुधार, लगानी सुरक्षा, प्रसारण पूर्वाधार विस्तार र निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउनेलगायतका महत्वाकांक्षी एजेन्डा अघि सारेको हो।

बुधवार बेलुका आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रमा हाल रोकिएका करिब १२ हजार मेगावाटभन्दा बढी जलविद्युत आयोजनाको पीपीए तत्काल खुलाउने, ‘टेक एन्ड पे’ व्यवस्था हटाएर ‘टेक अर पे’ सुनिश्चित गर्ने तथा स्टोरेज परियोजनाका लागि छुट्टै पीपीए दर निर्धारण गर्न पहल गरिने उल्लेख गरिएको छ। घोषणापत्रमा विद्युत विधेयकलाई निजी क्षेत्रमैत्री बनाउने, वन तथा वातावरणीय स्वीकृति प्रक्रियालाई एकद्वार प्रणालीमार्फत सरल बनाउने, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउने तथा विद्युत व्यापारमा निजी क्षेत्रलाई अनुमति दिन आवश्यक कानुनी व्यवस्था गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

लगानी तथा वित्तीय सुधारतर्फ प्यानलले ऊर्जा क्षेत्रमा विशेष इनर्जी फन्ड स्थापना, सात प्रतिशतभन्दा कम ब्याजदरमा सहुलियत ऋण, रुग्ण आयोजनाका लागि पुनर्कर्जा सुविधा तथा हकप्रद सेयर निष्कासनमा नीतिगत सहजीकरण गर्ने योजना अघि सारेको छ। प्रसारण पूर्वाधार विस्तारलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउँदै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा प्रसारण लाइन निर्माण गर्नुपर्ने, निजी क्षेत्रले उद्योगलाई प्रत्यक्ष विद्युत बिक्री गर्न पाउने व्यवस्था र वैज्ञानिक ह्वीलिङ चार्ज निर्धारण गर्नुपर्ने प्रस्ताव पनि घोषणापत्रमा समेटिएको छ।

भारतसँग भएको दीर्घकालीन विद्युत निर्यात सम्झौताको प्रभावकारी कार्यान्वयन, बंगलादेशमा विद्युत निर्यात विस्तार तथा ‘नेपालमा उत्पादन, दक्षिण एशियामा बिक्री’ अवधारणालाई व्यवहारमा उतार्ने रणनीति पनि सार्वजनिक गरिएको छ।

वन तथा वातावरणीय प्रक्रियालाई सरल बनाउने, २०० मेगावाटसम्मका आयोजनामा ईआईएको सट्टा आईईई पर्याप्त हुने व्यवस्था, संरक्षण क्षेत्रभित्र आयोजना स्वीकृतिको समयसीमा निर्धारण तथा जलविद्युतलाई हरित ऊर्जा प्रवद्र्धनको माध्यमका रूपमा अघि बढाउने नीति पनि घोषणापत्रमा समावेश गरिएको छ। इप्पानलाई नीति अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने, सातै प्रदेशमा संस्थागत संरचना विस्तार गर्ने, सदस्य कम्पनीलाई कानुनी तथा प्राविधिक सहयोग उपलब्ध गराउने र इप्पानलाई परिणाममुखी संस्था बनाउने प्रतिबद्धता पनि प्यानलले जनाएको छ।

प्रतिबद्धतापत्रमा ‘हामी विरोध होइन–समाधान दिन्छौं’, ‘हामी नारा होइन–संरचना बनाउँछौं’ र ‘हामी व्यक्तिगत होइन–संस्थागत नेतृत्व गर्छौं’ भन्ने नारासहित इप्पानलाई परिणाममुखी संस्था बनाउने र सदस्यहरूको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने अठोट व्यक्त गरिएको छ।

प्रकाशित: २०८३ जेठ २८ गते बिहिबार ११:०४
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना