२०८३ कार्तिक २२ गते शनिवार

इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ८
photo-3_7b682170

काठमाडौँ: चर्चित इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआलेउच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘याडेआ किनेस’ नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालि मार्फत आयोजित विशेष ‘किनेस अनुभव कार्यक्रम’मा सार्वजनिक गरिएको यो मोटरसाइकलले नेपाली बजारमा प्रदर्शनमुखी इलेक्ट्रिक मोटरसाइकलिङको नयाँ अनुभव प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।

दैनिक आवतजावतमा केन्द्रित परम्परागत विद्युतीय दुईपांग्रे सवारीसाधनभन्दा फरक, याडेआ कनिसलाई गति, शक्ति, रोमाञ्चक राइडिङ अनुभव तथा आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको कम्पनीको दाबी छ। आधुनिक प्रविधि, उच्च प्रदर्शन र प्रिमियम अनुभव खोज्ने राइडरलाई लक्षित गर्दै यो मोटरसाइकल तयार गरिएको हो।

मोटरसाइकलमा ११ किलोवाट क्षमताको उच्च प्रदर्शनयुक्त मिड–ड्राइभ मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यसले शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमा हासिल गर्न सक्छ भने अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ। यी विशेषताले यसलाई नेपालकै शक्तिशाली इलेक्ट्रिक मोटरसाइकलहरूमध्ये एक बनाएको कम्पनीको भनाइ छ। नेपालका विभिन्न भूगोल र सडक अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको प्भभलभकक ले २० डिग्रीसम्मको उकालो सहजै पार गर्न सक्ने क्षमता राख्छ। यसले कठिन सडकमा पनि भरपर्दो र सहज राइडिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

मोटरसाइकलमा ४.६ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई ४० भन्दा बढी सुरक्षा सुविधासहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीले सुरक्षित बनाएको छ। यसले ब्याट्रीको आयु बढाउनुका साथै सुरक्षित र विश्वसनीय सञ्चालन सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

याडेआ कनिसले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित रेड डट डिजाइन अवार्ड समेत प्राप्त गरिसकेको छ, जसले यसको डिजाइन र प्रविधिगत उत्कृष्टता पुष्टि गर्ने कम्पनीको भनाइ छ। यो मोटरसाइकल केवल यातायातको साधन मात्र यो नभई शक्ति, प्रदर्शन र रोमाञ्चको अनुभव भएको कम्पनिले बताएको छ।

नेपालमा याडेआ किनेसको अधिकतम खुद्रा मूल्य (एमआरपी) ६ लाख ६० हजार रूपैयाँ तोकिएको छ। उत्कृष्ट प्रदर्शन, नवीन प्रविधि र प्रिमियम राइडिङ अनुभव खोज्ने ग्राहकका लागि यो आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ। सन् २००१ मा स्थापना भएको याडेआ हाल १५० भन्दा बढी देश तथा क्षेत्रमा सक्रिय रहेको छ।

कम्पनीका अनुसार याडेआ लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्डको रूपमा स्थापित रहँदै आएको छ र नेपालको प्रिमियम ईभी बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने लक्ष्य लिएको छ।

प्रकाशित: २०८३ असार ८ गते सोमबार ०१:५२
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना