२०८३ कार्तिक २२ गते शनिवार

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोल गाडीको बजार ह्वात्तै घट्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १०
ev

नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी) ले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ। डिजेल तथा पेट्रोलबाट चल्ने चारपाङ्ग्रे, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनलाई तीव्र गतिमा पछि पार्दै ईभीले बजारमा आफ्नो हिस्सा विस्तार गरिरहेको तथ्यांकले देखाएको छ ।

देशको प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने सवारीसाधन आयातको तथ्यांक हेर्दा जैविक इन्धनबाट सञ्चालित सवारीसाधनको तुलनामा ईभीको आयातमा उल्लेखनीय वृद्धि भएको देखिन्छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकाबाट नेपालका लागि आयात हुने विद्युतीय जिप, कार तथा भ्यानको आयात १८५ प्रतिशत, मोटरसाइकलको १०५ प्रतिशत र तीनपाङ्ग्रे सवारीसाधनको ३६ प्रतिशतले वृद्धि भएको छ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि जेठसम्म ९४ करोड ३३ लाख रुपैयाँ मूल्यका ३२२ थान विद्युतीय जिप, कार तथा भ्यान आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७१ करोड २९ लाख रुपैयाँ मूल्यका ९१७ थान सवारीसाधन आयात भएका छन्।

त्यसैगरी, गत आर्थिक वर्षको ११ महिनामा ६७ करोड ९३ लाख रुपैयाँ मूल्यका ५ हजार २६६ थान विद्युतीय मोटरसाइकल तथा ५३ करोड ८९ लाख रुपैयाँ मूल्यका ४ हजार ४१७ थान विद्युतीय तीनपाङ्ग्रे सवारीसाधन आयात भएका थिए। चालु आर्थिक वर्षको सोही अवधिमा भने १ अर्ब ५२ करोड ७० लाख रुपैयाँ मूल्यका १० हजार ८१५ थान विद्युतीय मोटरसाइकल तथा ७४ करोड २२ लाख रुपैयाँ मूल्यका ५ हजार ९९० थान विद्युतीय तीनपाङ्ग्रे सवारीसाधन आयात भएका छन् ।

यता, जैविक इन्धनबाट चल्ने मोटरसाइकल र तीनपाङ्ग्रे सवारीसाधनको आयातमा केही वृद्धि भए पनि जिप, कार तथा भ्यानको आयातमा भने ३० प्रतिशतको गिरावट आएको छ ।

गत आर्थिक वर्षको साउनदेखि जेठसम्म २ अर्ब १० करोड ४१ लाख रुपैयाँ मूल्यका ९६१ थान जिप, कार तथा भ्यान आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५० करोड ५९ लाख रुपैयाँ मूल्यका ६७० थान सवारीसाधन मात्र आयात भएका छन्। यो अघिल्लो वर्षको तुलनामा मूल्यका आधारमा २९ प्रतिशत तथा संख्याका आधारमा ३०.२८ प्रतिशतले कमी हो ।

समीक्षा अवधिमा वीरगन्ज नाकामार्फत ५ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ मूल्यका ४४ हजार ३९५ थान अन–एसेम्बल मोटरसाइकल तथा ४० करोड १८ लाख रुपैयाँ मूल्यका ४ हजार २३० थान तयारी मोटरसाइकल आयात भएका थिए।

चालु आर्थिक वर्षको सोही अवधिमा भने ८ अर्ब ४ करोड ३५ लाख रुपैयाँ मूल्यका ५६ हजार ५५५ थान अन–एसेम्बल मोटरसाइकल तथा ६४ करोड ५५ लाख रुपैयाँ मूल्यका ६ हजार ११३ थान तयारी मोटरसाइकल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

त्यसैगरी, गत आर्थिक वर्षको ११ महिनामा ३९ करोड ५० लाख रुपैयाँ मूल्यका २ हजार ३७ थान पेट्रोलियम इन्धनबाट चल्ने तीनपाङ्ग्रे सवारीसाधन आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ५१ करोड ६ लाख रुपैयाँ मूल्यका २ हजार ३७४ थान सवारीसाधन आयात भएका छन्। यो अघिल्लो वर्षको तुलनामा मूल्यका आधारमा ३० प्रतिशत तथा संख्याका आधारमा १७ प्रतिशतले बढी हो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थको बढ्दो मूल्य र इन्धनबाट चल्ने सवारीसाधनको सञ्चालन तथा मर्मत–सम्भार खर्च बढी हुने भएकाले उपभोक्ता ईभीतर्फ आकर्षित भएका हुन्।

उनले इन्धनबाट चल्ने सवारीसाधन आयात गर्दा शतप्रतिशतभन्दा बढी कर लाग्ने गरेको, जबकि विद्युतीय सवारीसाधनमा न्यूनतम ३६ प्रतिशत मात्र कर लाग्ने गरेको बताए। साथै, ईभी वातावरणमैत्री भएकाले पनि उपभोक्ताको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

हालै मध्यपूर्वमा उत्पन्न तनावका कारण डिजेल, पेट्रोल लगायत पेट्रोलियम पदार्थको मूल्यमा थप वृद्धि हुने आशंका बढेको छ । यसले आगामी दिनमा विद्युतीय सवारीसाधनको माग अझ बढ्न सक्ने भन्सार अधिकारीहरूको अनुमान छ । जानकारहरूका अनुसार सवारीसाधन क्षेत्रमा मात्र होइन, खाना पकाउन प्रयोग हुने एलपीजी ग्यासको प्रयोगसमेत क्रमशः घट्दै जाने र नेपाली उपभोक्ता विद्युतीय चुलोतर्फ पनि विस्तारै आकर्षित हुँदै जाने सम्भावना बढेको छ ।

प्रकाशित: २०८३ असार १० गते बुधबार ०३:२६
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना