२०८३ कार्तिक ११ गते मङ्गलबार

ऋण नतिरेपछि भोटेकोसी हेली रिसोट लिलामीमा, नेपाल बैंकले १५ दिनभित्र बेच्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १५
bhotekoshi-heli-resort

काठमाडौं। नेपाल बैंकले सिन्धुपाल्चोकको कोदारी राजमार्गमा रहेको भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडका सञ्चालकहरुले ऋण नतिरेपछि लिलामी प्रक्रिया अघि बढाएको छ।

बैंकले रिसोर्ट लिलामीका लागि १५ दिनको समय दिएको छ। असार २९ गतेसम्म प्रस्ताव आब्हान गरेको बैंकले जनाएको छ। बैंकले तेस्रो पटक सूचना प्रकाशित गरी रिसोर्टको सम्पत्ति बेचेर ऋण असूल गर्न लागेको हो।

यसअघि २०८२ जेठ २७ मा बैंकले पहिलो पटक रिसोर्टका सञ्चालकहरुलाई ऋण तिर्न ३५ दिन समय दिएको थियो। झण्डै एक वर्षपछि गत जेठ १ मा बैंकले सञ्चालकहरुलाई ऋण तिर्न ३५ दिन समय दिएको थियो।

३५ दिन कटेपछि लिलामी गर्ने भनेको थियो। जेठमा बैंकले कर्जा तिर्न ३५ दिनको अन्तिम ‘अल्टिमेटम’ दिएको थियो। बैंकले सूचना प्रकाशित गरी ३५ दिनभित्र ऋण नतिरे ३६ दिनमा लिलामी गर्ने जानकारी दिएको थियो।

३५ दिनभित्र ऋण चुक्त नगरे कर्जा सूचना केन्द्रको कालो सूचीमा राखी सम्पत्ति लिलामी गर्ने जानकारी बैंकले दिएको थियो। बैंकले आगामी असार ४ गतेसम्म ऋण नतिरे ५ गते लिलाम गरेर ऋण असूल गर्ने जानकारी दिएको थियो।

बैंकको ऋण नतिरेपछि लिलामीमा चढ्यो भोटेकोसी हेली रिसोर्ट

तर, लिलामी हुन नसकेपछि पुनः बेच्न लागेको हो। बैंकले विभिन्न चार कित्तामा रहेको झण्डै ३५ रोपनी जग्गा र सोमा बनेको घर र चर्चेको सबै लिगगापातसमेत लिलाम गर्ने जनाएको छ।पटक पटक ताकेता र समय दिँदा पनि ऋण नतिरेपछि सुरक्षणको रुपमा दिएको सम्पत्ति लिलाम गरेर ऋण असूल गर्ने जानकारी बैंकले दिएको छ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी बैंक आफैँले लिलाम बिक्री गर्ने भएको छ। जग्गा खरिद गर्न चाहाने व्यक्ति वा संस्थाले सकार गर्न चाहेको मूल्यमा बोलकबोलमा भाग लिन बैंकले भनेको छ।

लिलाम बढाबढमा सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिले कबोल गरेको रकमको १० प्रतिशत रकम नगदै घरौटी स्वरूप तत्कालै सोही दिन बैंकमा जम्मा गर्नुपर्नेछ।

रिसोर्टले बैंकबाट व्यापारिक आवाधिक र चालूपुँजी कर्जा लिएको थियो। बैंकले रिसोर्टको नाममा मालपोत कार्यालय सिन्धुपाल्चोकमा दर्ता कायम रहेको मार्मिङ १ स्थित कित्ता नम्बर १३६, ५७२, ५७०, १७८ को क्षेत्रफल क्रमशः ४ १ १ १ १९ १२ ३ ० ६ ० ० ० र ५ १ ३ २ रोपनीको जग्गा र घर तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात लिलाम गर्ने बैंकले जनाएको छ।

रिसोर्टले लिएको ऋणको साँवा तथा त्यसको ब्याज नियमित भुक्तानी नगरेको बैंकले जनाएको छ। कर्जा असुलीका लागि पटक–पटक ताकेता, सम्पर्क र पत्राचार गर्दा पनि अनुरोधलाई बेवास्ता गरेको आरोप बैंकको छ।

रिसोर्टका अध्यक्ष चीनबहादुर रानाभाट हुन्। सञ्चालकमा छिरिङ शेर्पा, सुवास प्रधान र समिरकुमार नेपाल रहेका बैंकले जनाएको छ।

भोटेकोसी हेली रिसोर्ट २०७८ सालदेखि सञ्चालित छ। रिसोर्टको क्षमता चारतारेस्तरसम्म बनाउने तयारी थियो।

रिसोर्टको स्तरोन्नतिका साथै विभिन्न रणनीतिक योजना कार्यान्वयनका निम्ति रिसोर्टले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको थियो। नबिलले भोटेकोसी हेलीको साधारण सेयर (आईपीओ) निष्कासनमा सहयोग गर्ने उल्लेख थियो।

प्रकाशित: २०८३ असार १५ गते सोमबार ०८:५८
प्रतिक्रिया

थप समाचार

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको कात्तिक १० गते बसेको सञ्चालक समितिको ४९४औँ बैठकले प्रतिसेयर...

बैंकको खराब कर्जा बढ्दा शेयरधनीलाई कस्तो असर पर्छ? यस्तो छ बैंकको अवस्था

बैंकले प्रवाह गरेको ऋणको साँवा तथा ब्याज समयमै असूल हुन नसक्दा खराब कर्जा बढ्छ। यस्तो अवस्था लामो समयसम्म कायम रहेमा बैंकको नाफा, लाभांश क्षमता र सेयरधनीले पाउने प्रतिफलमा असर पर्न सक्छ।

ग्लोबल फाइनान्सको उत्कृष्ट बैंकको सूचीमा लगातार तेस्रो वर्ष ग्लोबल आईएमई बैंक

बैंकले सन् २०२४ र २०२५ मा पनि यही सम्मान प्राप्त गरेको थियो। यससँगै ग्लोबल आईएमई बैंक लगातार तीन वर्ष उक्त अवार्ड पाउने नेपाली बैंक बनेको छ।

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना