काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्स) परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ७.२५ अंक बढेर २ हजार ७२६.४९ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ५ अर्ब ५१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँबराबरको १ करोड ४९ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
एभरेष्ट कलर लिमिटेडको सेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य यस दिन सर्वाधिक ७.४४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५५ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


