२०८३ साउन ११ गते सोमबार

सहुलियतपूर्ण कर्जाको दुरुपयोग गरे ब्याज अनुदान तत्काल रोक्का र कारबाही हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
artha_finance_mof ministry (2)

काठमाडौँः सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गर्दै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई परिमार्जन गर्दै ऋण प्रवाह, अनुगमन तथा अनुदान व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र नतिजामुखी बनाएको छ।

अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गरी आधिकारिक रूपमा कार्यान्वयनमा ल्याएको हो।

नयाँ कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जाको पहुँच, ब्याज अनुदान भुक्तानी प्रक्रिया, कर्जाको वास्तविक उपयोगको स्थलगत अनुगमन तथा नियमित प्रतिवेदन प्रणालीलाई थप प्रष्ट पारिएको छ।

अब ब्याज अनुदान प्राप्त गर्ने ऋणीले कर्जा सम्झौतामा तोकिएको निर्धारित उद्देश्यअनुसार मात्र रकम उपयोग गर्नुपर्नेछ। यसका साथै, बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरिएको कर्जाको नियमित अनुगमन गरी तोकिएको ढाँचामा सम्बन्धित निकायमा प्रतिवेदन बुझाउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार सहुलियतपूर्ण कर्जाको दुरुपयोग नियन्त्रण गर्ने, अनुदान वितरण प्रणालीलाई पारदर्शी तुल्याउने र सरकारी अनुदानको उत्पादकत्व अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ विभिन्न प्रावधान संशोधन गरिएको हो।

संशोधित कार्यविधिमा बैंक तथा वित्तीय संस्था, नियामक निकाय, सम्बन्धित सरकारी नियोग र लाभग्राही ऋणीको हक, कर्तव्य तथा जिम्मेवारी सीमा स्पष्ट तोकिएको छ।

कर्जा उपयोगमा कुनै किसिमको अनियमितता, विचलन वा कार्यविधिविपरीतको कार्य पुष्टि भएमा पाइरहेको ब्याज अनुदान तत्काल रोक्का गरी भुक्तानी भइसकेको अनुदान रकम असुलउपर गर्नाका साथै प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ।

अर्थ मन्त्रालयले संशोधित कार्यविधिको कार्यान्वयनसँगै सहुलियतपूर्ण कर्जा कार्यक्रम वास्तविक लक्षित वर्गसम्म पुग्ने, उत्पादन र रोजगारी सिर्जनामा प्रत्यक्ष योगदान पुग्ने र नतिजा हासिल हुने विश्वास व्यक्त गरेको छ। मन्त्रालयले सबै बैंक, वित्तीय संस्था तथा ऋणीहरूलाई संशोधित व्यवस्थाको पूर्ण पालना गर्न निर्देशन दिएको छ।

 

प्रकाशित: २०८३ साउन ७ गते बिहिबार १२:१६
प्रतिक्रिया

थप समाचार

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित खुलामुखी सामूहिक लगानी कोष योजना ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले इकाईधनीलाई ३ प्रतिशत नगद लाभांश वितरण गर्ने...

यस्तो हुनेछ चुच्चे नक्सासहितको एक रूपैयाँको सिक्का

काठमाडौँ: सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ डिजाइन...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा...

तीन प्रतिष्ठित अवार्ड पाएपछि नबिल बैंकको प्रतिक्रियाः ‘यो विश्वासको परिणाम हो’

काठमाडौँः नबिल बैंक लिमिटेड विश्वस्तरका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंक युरोमनी अवाड्र्स फर एक्सिलेन्स अन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना