२०८३ साउन ११ गते सोमबार

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण छठपछि (तस्बिर)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
default
default
काठमाडौं चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी–बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दशैँ–तिहार–छठ)लगत्तै सुरु हुने भएको छ। अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ पक्षले चीनमै टेन्डर प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको योजना प्रमुख आशिका पोखरेलले जानकारी दिइन्।

उनकाअनुसार परियोजनाअन्तर्गत मुख्य एक्सप्रेस–वे बाहिरको सर्भिस लेन निर्माण नेपाली स्रोतबाट भइरहेको छ। उक्त कार्यको करिब ८० प्रतिशत प्रगति भइसकेको छ। केही स्थानमा कालोपत्रे गर्नमात्र बाँकी छ।

मुख्य एक्सप्रेस–वे निर्माणका लागि चिनियाँ पक्षले प्रारम्भिक डिजाइन (प्रिलिमिनरी डिजाइन) पेस गरिसकेको छ। त्यसमा नेपाल पक्षबाट आवश्यक सुझाव तथा टिप्पणी दिइसकिएको र हाल अन्तिम डिजाइन पेस गर्ने चरणमा रहेको उनले बताइन्। ‘यही मितिमा सुरु हुन्छ भन्ने छैन। मनसुन तथा चाडपर्वपछि कार्यान्वयनको चरणमा प्रवेश गर्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भनिन्।

चीनमा टेन्डर प्रक्रिया नेपालको तुलनामा छोटो हुने भएकाले निर्माण प्रक्रिया छिट्टै अघि बढ्ने उनले विश्वास व्यक्त गरिन्। साइट क्लियरेन्स गर्न समय लागेकाले परियोजना ढिलाइ भएको उनको जिकिर छ। घरटहरा, रुखविरुवा तथा अन्य संरचना हटाउने काम सम्पन्न नहुँदा चिनियाँ पक्ष निर्माणमा आउन नसकेको र त्यसैबीच कोभिड–१९ महामारीका कारण परियोजना करिब तीनदेखि चार वर्ष पछि धकेलिएको उनले बताइन्। पछिल्लो समय भने आवश्यक कागजी प्रक्रिया, पत्राचार, सर्वेक्षण तथा डिजाइनसम्बन्धी काम निरन्तर अघि बढिरहेको उनको भनाइ छ।

परियोजनाको प्रारम्भिक अनुमानित लागत करिब १२ अर्ब रुपैयाँ थियो। तर, मुद्रास्फीति तथा डिजाइनमा गरिएको सुधारका कारण लागत पुनः अद्यावधिक भइरहेको छ। अन्तिम डिजाइनसँगै संशोधित लागत विवरण प्राप्त भएपछि मात्र यकिन लागत सार्वजनिक गर्न सकिने उनले बताइन्। दोस्रो चरणमा सम्भावित जटिलतालाई पहिल्यै पहिचान गरी समाधानको प्रयास भइरहेको उनको भनाइ छ। ‘पहिलो चरणको कार्यान्वयन गर्दा के–के जटिलता हुन्छ भनेर थाहा पायौँ। त्यसैले कमजोरीलाई सम्बोधन गर्न पहिल्यैदेखि व्यापक अध्ययन, प्राविधिक अभ्यास तथा पत्राचारको काम गरेका छौँ,’ पोखरेलले भनिन्।

उनकाअनुसार चिनियाँ पक्षले पनि तोकिएको समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। निर्माणका कारण सर्वसाधारणले केही समय असुविधा व्यहोर्नुपर्ने भएकाले धैर्य गरिदिन उनले आग्रह गरिन्।

प्रकाशित: २०८३ साउन ७ गते बिहिबार १२:४९
प्रतिक्रिया

थप समाचार

नागढुङ्गा सुरुङमार्गको उद्घाटन भौतिकमन्त्री र जाइका अध्यक्षले गर्ने, प्रयोग गरेको भाडा कति?

काठमाडौँ: राजधानी  काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदैछ। सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय...

राधेराधेको खण्डहर १७ तले महल: किन रोकियो? कसको हो?

राधेराधेको यो भवनसँग जोडिएको अर्को चर्चित हल्ला भने भारतीय अभिनेता गोविन्दाको नाम हो। धेरै मानिसले यसलाई ‘गोविन्दाको भवन’ भनेर चिन्ने गरेका छन्।

२१८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु, रोकिएका परियोजना अघि बढ्ने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु...

वीरगञ्जमा लक्जरी अपार्टमेन्ट बनाउँदै रुङ्गटा परिवार: बुकिङबाटै ८ करोड संकलन, के छन् सुविधा?

४६ अपार्टमेन्ट परियोजना निर्माण भइरहेको छ। आगामी वर्ष सन् २०२७ देखि सञ्चालनमा ल्याउने तयारी भएको गोकुल अपार्टमेन्ट प्रालिले जनाएको छ।

सर्तसहित आयोजनाको आरसीओडीको म्याद थप गर्ने विद्युत प्राधिकरणको तयारी, यस्ता छन प्रक्रिया

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले जलविद्युत् आयोजनाको विद्यमान अवस्थालाई वर्गीकरण गरी व्यावसायिक रुपमा विद्युत उत्पादन गरिसक्नुपर्ने निर्धारित अन्तिम मिति (आरसीओडी) को म्याद थप गर्ने...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना