२०८३ साउन ११ गते सोमबार

नागढुङ्गा सुरुङमार्गको उद्घाटन भौतिकमन्त्री र जाइका अध्यक्षले गर्ने, प्रयोग गरेको भाडा कति?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १०
Naagdhunga Tunnel_NPL Archive__NZS_2655

काठमाडौँ: राजधानी  काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदैछ। सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिकोले संयुक्त रूपमा गर्ने भएका छन्।

सोमबार बिहान १०:३० बजे सुरुङमार्गको उद्घाटन गरिने नागढुङ्गा सुरुङमार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले जानकारी दिए। उद्घाटन कार्यक्रममा सहभागी हुन जाइका अध्यक्ष तानाका काठमाडौँ आउँदैछन्।

जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो। तर, निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो। यसपछि जापानले फेरि ५ अर्ब ऋण सहायता थपिदिएको थियो। यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो।

२०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए। प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो। कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो।

शिलान्यासको करिब ४ वर्षपछि २०८० साउन २२ मा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो। तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईं, नेपालका लागि जापानका राजदूत किकुता युतका, जाइका प्रमुखलगायतको उपस्थितिमा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु भएको थियो।

‘रेस्क्यु टनेल’ ब्रेक थ्रु गरिँदा मुख्य सुरुङको ८२ प्रतिशत निर्माण भइसकेको थियो। त्यतिबेला मुख्य टनेलको ५ सय ६ मिटर खन्न बाँकी थियो। ‘रेस्क्यु टनेल’ ब्रेक थ्रुको १० महिनापछि मुख्य टनेल ब्रेक थ्रु गरियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले २०८१ असार ३ मा मुख्य टनेलको ब्रेक थ्रु गरेका थिए। मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ। यसबाहेक २.५५७ किलोमिटरको आपतकालीन सुरुङ छ।

सुरुङ सोमबारदेखि सञ्चालनमा आउने भएपनि सबै सवारीले प्रवेश पाउने छैनन्। पहिलो दिन आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउँछन्। त्यसपछि चरणबद्ध ढंगले अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौँ आउजाउ गर्न पाउने छन्। पैदलयात्री, दुई पाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन्।

सुरुङ प्रयोग नि:शुल्क भने होइन। काठमाडौँ भित्रिँदा र बाहिरिँदा कार/भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ। मिनीबस, टिपरले भित्रिँदा १ सय १५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २ सय ६०, बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। यसबाहेक हेभी ट्रकले भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ।

प्रकाशित: २०८३ साउन १० गते आईतबार ०१:१८
प्रतिक्रिया

थप समाचार

अब नागढुङ्गा सुरुङमार्ग हुँदै सररर…

राजधानी  काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन भएको छ। रुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय...

राधेराधेको खण्डहर १७ तले महल: किन रोकियो? कसको हो?

राधेराधेको यो भवनसँग जोडिएको अर्को चर्चित हल्ला भने भारतीय अभिनेता गोविन्दाको नाम हो। धेरै मानिसले यसलाई ‘गोविन्दाको भवन’ भनेर चिन्ने गरेका छन्।

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण छठपछि (तस्बिर)

काठमाडौं चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी–बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दशैँ–तिहार–छठ)लगत्तै सुरु हुने भएको छ। अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ...

२१८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु, रोकिएका परियोजना अघि बढ्ने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु...

वीरगञ्जमा लक्जरी अपार्टमेन्ट बनाउँदै रुङ्गटा परिवार: बुकिङबाटै ८ करोड संकलन, के छन् सुविधा?

४६ अपार्टमेन्ट परियोजना निर्माण भइरहेको छ। आगामी वर्ष सन् २०२७ देखि सञ्चालनमा ल्याउने तयारी भएको गोकुल अपार्टमेन्ट प्रालिले जनाएको छ।
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना