काठमाडौँः गत साता सेयर बजारमा समग्रमा सकारात्मक माहोल देखिएको छ। साताको पाँच कारोबार दिनमध्ये चार दिन नेप्से परिसूचक बढेपछि समग्रमा बजार ५७ अंकले उकालो लागेको हो। यस अवधिमा सेयर बजारमा २७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
साताको सुरुवातमै बजारमा उल्लेख्य सुधार देखिएको थियो। सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २ हजार ७१९ अंकमा पुगेको थियो। त्यसपछि मंगलबार पनि बजार ७.२५ अंकले बढ्दै २ हजार ७२६.४९ अंकमा पुगेर बन्द भयो।
तर, बुधबार भने बजारमा सामान्य करेक्सन देखियो। उक्त दिन नेप्से १३.९५ अंकले घटेर २ हजार ७१२.५४ अंकमा झरेको थियो।
त्यसपछि बजारले पुनः गति समात्यो। बिहीबार नेप्से १४.१७ अंकले बढेर २हजार ७२६.७२ अंकमा पुगेको थियो। साताको अन्तिम कारोबार दिन शुक्रबार पनि बजार ७.८८ अंकले बढेर २ हजार ७३४.६० अंकमा पुगेर बन्द भएको छ।
गत साता एक दिन मात्रै बजार घटेको छ भने चार दिन नेप्से परिसूचक वृद्धि भएको छ। बजारमा देखिएको निरन्तरको वृद्धिसँगै कारोबार रकम पनि उल्लेख्य देखिएको छ।
सेयर कारोबार भएको छ। सोमबार ५ अर्ब ४४ करोड रुपैयाँको कारोबार हुँदा मंगलबार कारोबार रकम बढेर ६ अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो।
बुधबार ५ अर्ब १४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार भने कारोबार रकम घटेर ४ अर्ब ६४ करोड रुपैयाँमा सीमित भयो। साताको अन्तिम कारोबार दिन शुक्रबार पुनः कारोबार रकम बढेर ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।


