२०८३ कार्तिक २१ गते शुक्रबार

सिटिजन बैंक र ठूला करदाता कार्यालयबीचको विवाद सल्टियो, १ प्रतिशत थपेर कर तिर्न बैंक तयार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ११
citizens_bank

काठमाडौँ: सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो आयकर सम्बन्धी मुद्दा फिर्ता लिएको छ। ठूला करदाता कार्यालयले निर्धारण गरेअनुसार थप कर तिर्न बैंक तयार भएसँगै विवाद सल्टिएको हो।

बैंकले १ प्रतिशत थपेर कर तिर्ने सहमित जनाउँदै मुद्दा फिर्ता लिनेगरी सर्वोच्च अदालतमा निवेदन दिएको थियो। मुद्दा फिर्ता लिन सर्वोच्चले अनुमति दिएको हो।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार उक्त मुद्दा फिर्ता लिने अनुमति दिने आदेश जारी गरेको हो।

सिटिजन बैंक र ठूला करदाता कार्यालयबीच लामो समयदेखि आयकर निर्धारणको विषयलाई लिएर कानुनी विवाद चलिरहेको थियो। बैंकले जेठ १५ गते नेपाल राजपत्रमा प्रकाशित गरेको सूचना र सामयिक कर असुल ऐन, २०१२ को दफा ३ बमोजिम जारी भएको आदेशको सुविधा उपयोग गर्दै मुद्दा फिर्ता लिने निर्णय गरी निवेदन दिएको थियो।

आयकर ऐन, २०५८ को दफा ४६ (१) बमोजिम ठूला करदाता कार्यालयबाट संशोधित कर निर्धारण भई कायम भएको आयकर रकम र सोको थप एक प्रतिशत रकम बुझाउन बैंक मञ्जुर भएको छ।

प्रकाशित: २०८३ साउन ११ गते सोमबार ०६:०२
प्रतिक्रिया

थप समाचार

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...

राष्ट्र बैंकको कारबाहीमा पर्यो हिमालयन बैंक

काठमाडौँः नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै हिमालयन बैंक लिमिटेडलाई ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना गरेको छ। राष्ट्र बैंकको...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना