काठमाडौँः नेपाल एसबिआई बैंक लिमिटेडले भारतको इण्डियन च्याम्बर अफ कमर्सले प्रदान गर्ने चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड जितेको छ। बैंकले ‘चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६’ अन्तर्गत ‘बेस्ट कमर्सियल बैंक’, ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटी’ र ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटाबिलिटी’ विधामा सम्मान प्राप्त गरेको हो।
भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले उक्त पुरस्कार ग्रहण गरेका थिए।
बैंकका अनुसार यी पुरस्कारले व्यावसायिक बैंकिङ, सम्पत्तिको गुणस्तर, नाफामुखी कार्यसम्पादन तथा साना–मझौला उद्यम ९एमएसएमई० प्रवर्द्धनमा बैंकले हासिल गरेको उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको हो।
सम्मानपछि बैंकले ग्राहक, सेयरधनी तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सेवा अझ प्रभावकारी बनाउँदै मुलुकको आर्थिक विकासमा योगदान दिने प्रतिबद्धता जनाएको छ।
नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम, ७ प्रादेशिक कार्यालय तथा एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।


