काठमाडौँः सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जिवनी लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिने (मर्ज हुने) भएका छन्।
काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त र दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सञ्जिवनी लघुवित्तले मर्जर प्रक्रियालाई अगाडि बढाउने उद्देश्यले प्रारम्भिक सम्झौता (एमओयू)मा हस्ताक्षर गरेका छन्।
दुवै संस्थाले सोमबार मर्जर प्रयोजनका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका हुन्। अब नियामकीय स्वीकृति, सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) र अन्य आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मर्जर प्रक्रिया अगाडि बढाइनेछ।


