२०८३ कार्तिक २० गते बिहिबार

३० महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक १० वर्षसम्म बनेन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १८
hulaki_sadak
फाइल तस्बिर

कञ्चनपुर: चट्टानी पहाड, भौगोलिक विकटता तथा अन्य अवरोध नभए पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन।

पटक–पटक ठेक्काको म्याद थपेर निर्माण व्यवसायीलाई काम गर्ने मौका दिइयो। स्थानीयवासीदेखि सांसद, मन्त्री र राजनीतिज्ञहरूले समेत समयमै काम सम्पन्न गराउन आग्रह गरे पनि हुलाकी सडकको बीचको खण्ड अझै नयाँ ठेक्का प्रक्रियामै रुमलिएको छ।

३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०७३ फागुनमा तीन चरणमा ठेक्का सम्झौता भई निर्माण सुरु भएको जिल्लाको दक्षिण क्षेत्रको हुलाकी सडक अझै पूरा हुन सकेको छैन।

‘पटक–पटक सम्झौता गरेर सडकको पहिलो र अन्तिम प्याकेज (डोकेबजार–बेलौरी र बेल्डाडी–दैजी खण्ड) सकिए पनि बीचको प्याकेज पुनः नयाँ ठेक्का दिने प्रक्रियामा छौँ,’ हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले भने, ‘यो योजना समयमा सम्पन्न नहुनुमा ठेकेदारको प्राथमिकतामा परेन। हामीले काम गर्ने सबैखाले वातावरण तयार गरेर दिँदा पनि उनीहरू कामप्रति गम्भीर भएनन्।’

डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेज (२० किलोमिटर) सडक सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ।

‘अन्तिम २४ किलोमिटर बेल्डाडी–दैजी खण्डको काम पनि सकिएर डीएलपी (त्रुटि दायित्व अवधि) मा छ,’ प्रमुख लामिछानेले भने, ‘म्याद थप, भुक्तानीलगायतका काममा कार्यालयबाट पूर्ण सहयोग रहँदा पनि ठेकेदारले पेटी ठेकेदार राख्ने, कामको भुक्तानी नदिनेलगायतका बदमासीका कारण वर्षौँसम्म योजना सकिएन।’

उनले योजनाअन्तर्गत बेलौरीदेखि बेल्डाडीसम्मको बीचको प्याकेजअन्तर्गत निर्माण कम्पनी बाबा हंस सिद्धीसाई जेभीले ११ किलोमिटर सडक कालोपत्रे गरे पनि धेरै ठाउँमा भत्किसकेको बताए।

‘सो प्याकेजमा ठेकेदारले लापरबाही गरेपछि ठेक्का तोडेर अहिले नयाँ ठेक्काका लागि स्टिमेट तयार गरिरहेका छौँ। डेढ महिनाभित्र नयाँ ठेक्का खुल्छ,’ उनले भने, ‘सोही खण्डमा भारतले दशगजालगायत सीमा विवाद गर्दा पचुई क्षेत्रमा एक हजार ४०० मिटर सडक कालोपत्रे गर्न सकिएन। त्यो भाग छोडेर काम अघि बढाइनेछ।’

नयाँ ठेक्का आह्वान गर्नुपर्ने बीचको प्याकेज यसअघि ४१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्माण व्यवसायीले हुलाकी सडक कार्यालयबाट २८ करोड रुपैयाँ भुक्तानीसमेत लिइसकेको थियो।

बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बेलौरी–बेल्डाडी खण्डको निर्माण पूरा गर्न धेरै पटक पहल भए पनि सडक नबनेको दुखेसो पोखे।

‘हामीले यो बीचको अवधिमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई सडक निर्माणका विषयमा ज्ञापन बुझायौँ,’ उनले भने, ‘भारतीय पक्षबाट अवरोध भएको भागमा कालोपत्रे गर्न भारतीय एसएसबीसँग पनि पहल गर्यौँ, तर उपलब्धि भएन।’

उनले उक्त सडकखण्ड अहिले हिलाम्मे हुँदा स्थानीयवासीलाई हिँडडुलमा समेत समस्या रहेको बताए।

‘हुलाकी सडक योजना कार्यालयबाट नयाँ ठेक्का हुँदैछ भन्ने सुनिएको छ,’ उनले भने, ‘नयाँ ठेक्का खुलेपछि व्यवस्थित रूपमा समयमा निर्माण सक्ने गरी लाग्नुपर्छ। यो सडक नबन्दा जनप्रतिनिधिको पनि बेइज्जतीको स्थिति भइसकेको छ। सडक सम्पन्न नहुँदा दुःखी छौँ।’

प्रकाशित: २०८३ साउन १८ गते सोमबार ०३:०३
प्रतिक्रिया

थप समाचार

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

ब्रम्हपुत्रमा बन्दै गरेको विश्वकै ठूलो जलविद्युत बाँधले बाढीको जोखिम बढ्ने वैज्ञानिकको चेतावनी

अनुसन्धान टोलीले भनेको छ ‘यी नतिजाहरूले ब्रम्हपुत्र नदीमा हुने जलवायुसम्बन्धी परिवर्तनशीलताको दीर्घकालीन परिवर्तन प्रदान गर्छ। भविष्यमा जलस्रोतसँग सम्बन्धित जोखिमहरूको मूल्यांकन गर्न...

मोरङको केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा

काठमाडौँ: मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको  विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा...

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना