काठमाडौं। एनएमबी बैंकले गत आर्थिक वर्ष २०८२/०८३ नाफामा छलाङ मारेको छ। गत वर्ष खुदनाफा ४०.६० प्रतिशत वृद्धि भई ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुदनाफा गरेको थियो। एक वर्षमा बैंकले खुदनाफा एक अर्ब १९ करोड रुपैयाँ बढेको मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख छ।
बैंकले साधारण सेयरधनीका लागि वितरणयोग्य नाफा १ अर्ब ७५ करोड रुपैयाँ पुगेको जनाएको छ। साधारण सेयरधनीका लागि प्रतिसेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा पुगेको छ।
बैंकको खुदब्याज आम्दानी ८ अर्ब २ करोड रुपैयाँबाट १७.५२ प्रतिशत बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। फि तथा कमिसन आम्दानी २ अर्ब १४ करोड रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ। यसबीचमा सञ्चालन नाफा ४ अर्ब ७३ करोड रुपैयाँबाट २९.०६ प्रतिशत बढेर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
व्यवसाय विस्तारसँगै बैंकको निक्षेप २ खर्ब ८० अर्ब ९२ करोडबाट बढेर ३ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। यसैगरि, कर्जा लगानी २ खर्ब २८ अर्ब ४५ करोडबाट बढेर २ खर्ब ४९ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको कुल वासलात (सम्पत्ति) ३ खर्ब ५१ अर्ब ५९ करोडबाट बढेर ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ छ। सञ्चित नाफासहित जगेडा कोषको आकार १५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ।
यद्यपि, बैंकको निष्क्रिय कर्जा (एनपीएल) ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ। बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्थाका लागि ९२.५७ प्रतिशत प्रोभिजन कायम राखेको जनाएको छ।


