काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गभर्नर प्राडा विश्वनाथ पौडलललाई बाइपास गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्न लागेका छन्।
केन्द्रीय बैंकका अधिकारीसँग छलफलमा गभर्नर र डेपुटी गभर्नरको उपस्थिति अनिवार्य मानिन्छ। तर, अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाहसँग निकट भएको आधारमा गभर्नर पौडेललाई बाइपास गर्न थालेका हुन्।
प्रधानमन्त्री वालेन्द्रसँग गभर्नर पौडेल नजिक रहेको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ। प्रधानमन्त्री वालेन्द्रले आर्थिक सल्लाह अर्थमन्त्री वाग्लेबाट नभइ गभर्नर पौडेलबाट लिने गरेका छन्।
प्रधानमन्त्री वालेन्द्रले आफूलाई बाइपास गरेपछि अर्थमन्त्री वाग्लेले पनि गभर्नर पौडेलबिनै केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गर्ने भएका हुन्।
देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका अधिकारीहरूसँगको छलफल अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्नमा केन्द्रित हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँगको नियमितजसो हुने भेट हुने भएकाले उनीहको सल्लाह र समन्वयमा सम्भवतः पहिलो पटक यस्तो छलफल हुन लागेको दाबी सचिवालयको छ।
बिहान ९ः१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा कार्यक्रम सुरु हुने भएको। यसैगरी अर्थमन्त्री वाग्लेले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग भेटेर छलफल गरेका थिए।


