२०८३ कार्तिक २० गते बिहिबार

भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा, असोदेखि सञ्चालनमा आउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २०
substation

काठमाडौं। चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिलाई थप सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउने लक्ष्यसहित अघि बढाइएका दुई महत्वपूर्ण ऊर्जा पूर्वाधार आयोजना निर्णायक चरणमा पुगेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहल, नेपाल विद्युत् प्राधिकरणको कार्यान्वयन र विभिन्न निकायबीचको समन्वयका कारण लामो समयदेखि निर्माणाधीन आयोजनाहरूले उल्लेखनीय प्रगति हासिल गरेका हुन्।

भरतपुरमा सञ्चालित पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत विद्युत् वितरण प्रणाली परीक्षणसहित सञ्चालनको अन्तिम चरणमा पुगेको छ। विद्युत् प्राधिकरणका अनुसार भूमिगत केवल प्रणालीमा विद्युत् चार्ज गर्ने काम सुरु भइसकेको छ भने ३ सय सेवाग्राहीका घरमा भूमिगत लाइनमार्फत विद्युत् जडान सम्पन्न भइसकेको छ। आयोजनाको समग्र भौतिक प्रगति ९४ प्रतिशत पुगेको छ।

भरतपुर महानगरपालिकाको ६ लेन सडक तथा बाइपास सडक आसपासका करिब २० किलोमिटर क्षेत्रमा भूमिगत विद्युत् वितरण सञ्जाल विस्तार गरिएको छ। यसबाट करिब १ हजार ३ सय ग्राहक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। हाल केन्द्रीय बस टर्मिनलदेखि नहरचोक, गणेशस्थान क्षेत्र तथा चितवन मेडिकल कलेजदेखि चौबिसकोठीसम्मका क्षेत्रमा भूमिगत प्रणालीमार्फत विद्युत् वितरण सुरु भइसकेको छ।

त्यसैगरी आँपटारी–केन्द्रीय बस टर्मिनल, केन्द्रीय बस टर्मिनल–पुलचोक, आँपटारी–पोखरा बसपार्क तथा भरतपुर सबस्टेशनदेखि नहर क्षेत्रसम्म भूमिगत केवल विस्तारको काम सम्पन्न भइसकेको छ।

प्राधिकरणका अनुसार बाइपास सडकको दुवैतर्फ करिब ९ किलोमिटर, केन्द्रीय बस टर्मिनलदेखि पुलचोकसम्म ८ किलोमिटर ३३ केभी लाइन, आँपटारीदेखि पोखरा बसपार्कसम्म १.५ किलोमिटर ११ केभी लाइन तथा केन्द्रीय बस टर्मिनलदेखि मिलनचोकसम्म १.५ किलोमिटर ३३ केभी लाइन भूमिगत रूपमा विस्तार गरिएको छ।

सरकार, विद्युत् प्राधिकरण र एसियाली विकास बैंक (एडीबी) को साझेदारीमा सञ्चालित परियोजनामा तीन अर्ब रुपैयाँ लगानी भूमिगत वितरणको काम भइरहेको हो।

आगामी असोजभित्र सम्पूर्ण भूमिगत वितरण प्रणाली सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति थप विश्वसनीय हुने, हावाहुरी तथा प्राकृतिक प्रकोपबाट हुने क्षति कम हुने, खुला तारबाट हुने जोखिम घट्ने तथा सहरी सौन्दर्यमा सुधार आउने अपेक्षा गरिएको छ।

यता, भरतपुरका लागि अर्को महत्वपूर्ण उपलब्धिका रूपमा मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मार्कीचोक–भरतपुर खण्डको पहिलो सर्किट सञ्चालनमा आएको छ। गत असार २७ गतेदेखि नियमित रूपमा विद्युत् प्रवाह सुरु गरिएको उक्त लाइनमार्फत हाल करिब १०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको प्राधिकरणले जनाएको छ।

मनाङ, लमजुङ तथा दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यले निर्माण गरिएको यो आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि करिब १ हजार ६ सय मेगावाट विद्युत् प्रसारण गर्न सक्ने क्षमता विकास हुनेछ।

स्थानीय विवाद, वन क्षेत्रभित्र रूख कटान स्वीकृतिमा भएको ढिलाइ तथा प्राविधिक जटिलताका कारण वर्षौंदेखि प्रभावित बनेको आयोजनालाई गति दिन ऊर्जा मन्त्री श्रेष्ठले विशेष चासो दिएका थिए।

असारको पहिलो साता मन्त्री श्रेष्ठ स्वयं आयोजना स्थल पुगेर स्थानीय तह, जिल्ला प्रशासन, नेपाल विद्युत् प्राधिकरण, सुरक्षा निकाय तथा स्थानीय समुदायबीच समन्वय र संवाद बढाउने पहल गरेका थिए। त्यसपछि निर्माणका अवरोध क्रमशः हट्दै आयोजना सञ्चालनको चरणमा पुगेको हो।

पहिलो सर्किट सञ्चालनसँगै न्यू मस्र्याङ्दी ९मार्कीचोक० २२० केभी सबस्टेशन राष्ट्रिय २२० केभी प्रसारण सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिएको छ। अब मस्र्याङ्दी र दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् न्यू भरतपुर सबस्टेशन हुँदै हेटौंडा, ढल्केबरलगायत राष्ट्रिय २२० तथा ४०० केभी प्रसारण सञ्जालमा सहज रूपमा प्रवाह गर्न सकिने भएको छ।

ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार भूमिगत वितरण प्रणाली र मस्र्याङ्दी करिडोर प्रसारण लाइनको समानान्तर प्रगतिले भरतपुरको विद्युत् सेवामा मात्र सुधार ल्याउने छैन।

राष्ट्रिय प्रसारण तथा वितरण प्रणालीलाई समेत थप आधुनिक, सुरक्षित र भरपर्दो बनाउनेछ। साथै बढ्दो जलविद्युत् उत्पादन व्यवस्थापन, आन्तरिक खपत विस्तार र भविष्यको क्षेत्रीय विद्युत् व्यापारका लागि समेत यी आयोजना महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित: २०८३ साउन २० गते बुधबार ११:४९
प्रतिक्रिया

थप समाचार

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

ब्रम्हपुत्रमा बन्दै गरेको विश्वकै ठूलो जलविद्युत बाँधले बाढीको जोखिम बढ्ने वैज्ञानिकको चेतावनी

अनुसन्धान टोलीले भनेको छ ‘यी नतिजाहरूले ब्रम्हपुत्र नदीमा हुने जलवायुसम्बन्धी परिवर्तनशीलताको दीर्घकालीन परिवर्तन प्रदान गर्छ। भविष्यमा जलस्रोतसँग सम्बन्धित जोखिमहरूको मूल्यांकन गर्न...

मोरङको केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा

काठमाडौँ: मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको  विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा...

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना