२०८३ साउन २७ गते बुधबार

शिक्षा र स्वास्थ्य कर हटाउँदा ४ अर्ब ५८ करोड राजस्व खाडल, अर्थले कहाँबाट पूरा गर्ला?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २०
mof_building

काठमाडौँ: सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न भन्दै चालू आर्थिक वर्षको बजेटमा तीन प्रतिशत समता शुल्क कर लगायो।

सरकारले शिक्षा र स्वास्थ्यमा समता शुल्क लगाएर चालू आर्थिक वर्षमा चार अर्ब ५८ करोड रुपैयाँ थप कर उठाउने लक्ष्य लिएको थियो। अर्थ मन्त्रालयका अनुसार शिक्षामा दुई अर्ब २१ करोड र स्वास्थ्यबाट दुई अर्ब ३७ करोड रुपैयाँ कर उठाउने लक्ष्य थियो।

साउन लागेपछि अस्पताल र स्कुलहरूले कर असूली सुरु गरिसकेका थिए। तर, सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको तीन प्रतिशत करको जनस्तरबाट व्यापक विरोध भएपछि यही साउन ५ गते मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहले समाजिक सञ्जाल फेसबुकबाट उक्त कर हटाएको जानकारी गराए।

जनदबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार

समता कर कार्यान्वयन गर्दा आम मानिसले थप खर्च गर्नुपर्ने र निराशा भोग्नुपर्ने देखिएको भन्दै हटाएको प्रधानमन्त्री वालेन्द्रले जानकारी दिएका थिए।

आर्थिक ऐन २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा आर्थिक ऐनको दफा १८ को (१) बमोजिम पूर्ण रूपमा छुट दिने मन्त्रिस्तरीय निर्णय गरी उक्त निर्णय मन्त्रिपरिषद्‌मा पेस भएको थियो।

यता सरकारले लगाएको समता कर हटाएपछि साढे चार अर्ब रुपैयाँ बढी राजस्व संकलनमा असर पर्ने भएको छ। समता कर हटाए पनि उक्त रकम बराबरको राजस्व कहाँबाट जुटाउने भन्ने अझै स्पष्ट नभएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। समता कर हटाएपछिको राजस्व खाडल पुर्न अन्य क्षेत्रमा जोड दिनुपर्ने अवस्था आएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए।

प्रधानमन्त्रीले फेसबुकबाट घोषणा गरेको समता शुल्क कर हटाउने मन्त्रिपरिषद्को निर्णय

त्यति मात्र हैन बिजुलीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि विरोध हुँदै आएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले हटाउन दबाब दिइरहेका छन्। अर्थ मन्त्रालय मासिक १५० युनिट खपत गर्ने ग्राहकलाई भ्याट लगाउने तहमा पुगेको बताइएको छ। यद्यपि, सरकारले यस विषयमा निर्णय गरेको छैन।

चालू आर्थिक वर्षमा सरकारले १५ खर्ब ८० अर्ब ३१ करोड रुपैयाँ कर उठाउने लक्ष्य लिएको छ। सरकारले लक्ष्य भन्दा कम कर उठाउँदै आएको छ। शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाएपछि राजस्वमा सरकारलाई दबाब पर्ने देखिएको छ।

आर्थिक गतिविधि सुस्त हुँदा र पुँजीगत खर्च ज्यादै न्यून हुँदा गत आर्थिक वर्षमा सरकारले लक्ष्यको ८३.८७ प्रतिशत मात्र राजस्व संकलन गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। महालेखाका अनुसार गत आर्थिक वर्षमा सरकारले कूल १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य लिएकोमा १२ खर्ब ४१ अर्ब ३१ करोड रुपैयाँ मात्र राजस्व उठेको थियो।

प्रकाशित: २०८३ साउन २० गते बुधबार ०२:०९
प्रतिक्रिया

थप समाचार

बलियो वृद्धिका बाबजुद विश्वको चौथो ठूला अर्थतन्त्र भारत कसरी झर्यो छैठौं स्थानमा?

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा आर्थिक वर्ष सन् २०२५/०२६ मा भारतको कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) ३९ खर्ब २० अर्ब डलर रहने उल्लेख गरेको...

सहकारीलाई बागमती प्रदेशको नयाँ निर्देशन: डिजिटल नियमनमा जोड, अटेर गरे कारबाही

काठमाडौँ: बागमती प्रदेश सरकारले आफ्नो नियमन क्षेत्रभित्र रहेका सहकारी संघसंस्थाहरूको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन नयाँ निर्देशन जारी गरेको छ। बागमती प्रदेशको आन्तरिक...

निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको आग्रहः ‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्’

उनले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने स्पष्ट पार्दै लगानी, उत्पादन, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउने सरकारको प्राथमिकता रहेको बताए।

विदेशी लगानी भित्र्याउन २० ठूला बहुराष्ट्रिय कम्पनीसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको छलफलमा बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा नेपाली प्रतिनिधिको सहभागिता रहनेछ ।

भारुको अवमूल्यन हुँदा डलरसँग नेपाली रुपैयाँ ९.८ प्रतिशत कमजोर

भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर बन्दा यसको असर नेपाली रुपैयाँमा परेको हो। एक डलर बराबर ९६ भारुसम्म पुगेको छ। डलरसँग भारु झण्डै १० प्रतिशत कमजोर बनेको छ।
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना