२०८३ कार्तिक २० गते बिहिबार

सम्झौता उल्लंघन गर्ने उद्योगलाई सोधियो स्पष्टीकरण, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २०
64f2b52f-167f-4145-82e9-43a6eef35e68_4cce0e4c

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूले सम्झौताअनुसार गतिविधि सञ्चालन गरे–नगरेको विषयमा निगरानी कडा बनाइएको छ।

यसैक्रममा बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, शाखा कार्यालय बालाजुले छलफलका लागि उपस्थित हुन पत्राचार गरेको छ।

शाखा कार्यालयका अनुसार उद्योग र व्यवस्थापनबीच भएको सम्झौताका विभिन्न सर्त पालना नभएको तथा उद्योगले सम्झौतामा उल्लेखित उद्देश्यअनुसार व्यवसाय सञ्चालन नगरेको पाइएको छ। कार्यालयले यसअघि पनि उद्योगलाई पटक–पटक मौखिक तथा लिखित रूपमा सम्झौताअनुसार काम गर्न निर्देशन दिँदै आएको जनाएको छ।

कार्यालयले पठाएको पत्रमा उद्योगलाई उपलब्ध गराइएको जग्गा सवारी साधन मर्मत तथा सर्भिसिङसम्बन्धी उद्योग सञ्चालनका लागि रहेको उल्लेख गर्दै सोही उद्देश्यअनुसार गतिविधि सञ्चालन नभएको जनाइएको छ। उद्योगको दर्ता प्रमाणपत्रमा समेत सवारी साधन मर्मत तथा सर्भिसिङ गर्ने उद्देश्य उल्लेख भए पनि व्यवहारमा त्यसअनुसार काम नभएको कार्यालयको दाबी छ।

व्यवस्थापनले यसअघि नै सम्झौताका सर्तअनुसार उद्योग सञ्चालन गर्न समयसीमा तोकेर निर्देशन दिएको थियो। तोकिएको अवधिभित्र आवश्यक सुधार नगरे सम्झौता रद्द गर्न सकिने चेतावनीसमेत दिइएको थियो।

कार्यालयका अनुसार उद्योगले पत्र बुझ्न अस्वीकार गरेपछि उक्त पत्र उद्योगको मुख्य गेटमा टाँस गरी मुचुल्कासमेत तयार गरिएको छ। व्यवस्थापनले पत्र टाँसेर औपचारिक रूपमा जानकारी गराइएको जनाएको छ।

सम्झौता कार्यान्वयनका क्रममा व्यवस्थापनले उद्योगलाई उपलब्ध गराउँदै आएको विद्युत् तथा पानी सेवा पनि विच्छेद गरेको थियो। सेवा बन्द भएपछि उत्पादन प्रभावित भएको भन्दै उद्योगले असहमति जनाएको भए पनि सम्झौतामा विवाद उत्पन्न भए आपसी छलफलमार्फत समाधान खोज्ने व्यवस्था रहेको कार्यालयले उल्लेख गरेको छ।

उद्योगमन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूले सम्झौतामा उल्लेखित उद्देश्यअनुसार नै व्यवसाय सञ्चालन गर्नुपर्ने नीति कार्यान्वयनमा ल्याइएको छ। व्यवस्थापनले सम्झौता उल्लंघनका घटना दोहोरिए आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने जनाएको छ।

पछिल्लो पत्रमार्फत शाखा कार्यालय बालाजुले कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई सात दिनभित्र कार्यालयमा उपस्थित भई छलफल गर्न तथा सम्झौताअनुसार उद्योग सञ्चालनबारे स्पष्ट धारणा पेश गर्न आग्रह गरेको छ। पत्र बुझ्न नमानेपछि गेटमै टाँसिएको घटनालाई औद्योगिक क्षेत्रभित्र सम्झौता कार्यान्वयनमा अपनाइएको कडाइको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित: २०८३ साउन २० गते बुधबार ०५:१६
प्रतिक्रिया

थप समाचार

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना