२०८३ साउन २७ गते बुधबार

भान्साको पूर्ण प्याकेज बन्दै हाइलाइफ: चामलपछि अब पाँच प्रकारका दाल बजारमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २७
hilife

काठमाडौँ: हाइलाइफ फुड्सले दालजन्य उत्पादनसहित आफ्नो बजार विस्तार गरेको छ। गत वर्ष प्रिमियम बासमती चामल सार्वजनिक गरेर चर्चा कमाएको यस कम्पनीले यस वर्षदेखि मुङ, मुसुरो, रहर, मास र मुङ खोस्टा गरी पाँच प्रजातिका दालहरू बजारमा ल्याएको हो।

खाद्य सामग्रीको क्षेत्रमा आफूलाई आक्रामक रूपमा विस्तार गरिरहेको हाइलाइफले आकर्षक प्याकेजिङ र उच्च गुणस्तरलाई ध्यान दिँदै यी नयाँ उत्पादनहरू ग्राहकमाझ पुर्‍याएको जनाएको छ। बिहानको खाजादेखि रातिको खानासम्मका लागि चाहिने सबै खाद्यवस्तु एउटै ब्रान्डमा उपलब्ध गराउने रणनीतिक योजनाअनुसार दालको व्यवसाय सुरु गरिएको कम्पनीको भनाइ छ।

कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलका अनुसार, एफएमसीजी क्षेत्रमा हाइलाइफले हालसम्म २० भन्दा बढी थरीका उत्पादनहरू नेपाली बजारमा उतारिसकेको छ। ‘हामी नेपाली भान्साको अभिन्न हिस्सा बन्न चाहन्छौँ,’ उनले भने, ‘अहिले बजारमा हाम्रो चिउरा, कर्नफ्लेक्स, चोको प्लसदेखि लिएर पिनट बटर, जाम, मुसली र चिया सिड्सजस्ता स्वास्थ्यवर्द्धक उत्पादनहरू समेत उपलब्ध छन्।’ यसबाहेक बेसन, सोयाबिन, केचप र विभिन्न ड्राइ फ्रुट्समा पनि कम्पनीले राम्रो बजार हिस्सा ओगटेको छ।

दैनिक रूपमा प्रयोग हुने अत्यावश्यक दालहरूको सहज उपलब्धता र शुद्धतालाई कम्पनीले मुख्य प्राथमिकता दिएको छ। पछिल्लो समय लगानीको दायरा फराकिलो बनाउँदै लगेको हाइलाइफ फुड्सले स्वदेशी उत्पादनको प्रवर्द्धन र रोजगारी सिर्जनामा पनि जोड दिएको छ। 

प्रकाशित: २०८३ साउन २७ गते बुधबार ११:०९
प्रतिक्रिया

थप समाचार

भेडेटारको स्काई वाकले बढायो पर्यटक, वार्षिक ९ करोड बढीको कारोबार

धनकुटा: भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ। पारदर्शी सिसामाथि हिँड्दै प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएकाले दैनिक सयौँ पर्यटक‘स्काइवाक’...

सवारीका पार्टपुर्जामा भन्सार छुट दिन अर्थमन्त्रीसमक्ष यातायात व्यवसायीको माग

काठमाडौँ: देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न...

डीडीसीले ३ महिनामा किसानलाई ३७ करोड बक्यौता तिर्‍यो, अझै ३५ करोड बाँकी

केही महिनाअघि डीडीसीको दैनिक बिक्री आम्दानी ६० लाख रहेकोमा हाल ९० लाख रुपैयाँको हाराहारीमा पुगेको छ। बिक्रीबाट प्राप्त अतिरिक्त आम्दानी कृषकलाई भुक्तानी गर्न केन्द्रित गरिएको डीडीसीको भनाइ...

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौँ: सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प...

वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा

काठमाडौँ: दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। उपभोक्तालाई संस्थानका दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना